logo

रिपोर्टको प्रतिक्षामा बस्नेहरु अक्रोशित हुनु पर्ने प्रादेशीक प्रयोगशालाका कथा उस्तै

      8/12/2020 गते 00 00 मा प्रकाशित     778   पटक पढिएको

परिक्षणकालागि स्वाब पठाएको पाँच दिन भयो रिपोर्ट आएको छैन ,स्वाब दिएकाहरु आक्रोशित भएका छन स्वाब दिनेहरुलाई सम्झाई बुझाई गरे पनि प्रदेशीक प्रयोगशालाले कुनै सुनवाई नगरेको लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक सूर्यनारायण चौधरीले बताउनु भयो । 

 


एकजना वडाध्यक्षसहित चार जना कोरोना संक्रमितको कन्ट्रयाक  ट्रेसिङका आधारमा नगरपालिकाले गत शनिवार ६१ जनाको स्वाब लिएर परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, जनकपुर पठाएको थियो । तर आज सम्म पनि रिपोर्ट नआएको हो । आज भोली भन्दै आएको प्रयोगशालाले अव १७ सय स्वाब परिक्षण पछि मात्र लालबन्दीको पालो आउने  जवाफ दिएको चौधरीले बताउनु भयो । 

 

कुरा प्रादेशीक प्रयोगशालाको मात्र होइन बागमती प्रदेशेको राजधानीमा रहेको प्रयोगशालको चाला पनि उस्तै रहेको छ ।  लालबन्दीबाटै सोमबार हेटौंडास्थित बाग्मती प्रदेश सरकारले  कीटजन्य रोग अनुसन्धान केन्द्रमा सञ्चालन गरेको ल्याबमा स्वाब पठाइएको १२३ जनाको पनि अझै रिपोर्ट आउन सकेको छैन् ।

 

हेटौंडा ल्याबले पनि दुई दिनदेखि भोली भन्दै आएको र आज दिउँसो फोन गर्दा भोलीसम्म पर्खन भनेको नगरपालिकाको स्वास्थ्य शाखाका उप–संयोजक सुरेन्द्र खतिवडाले बताउनु भयो ।

लालबन्दी नगरपालिकाका प्रमुख मानबहादुर खड्काले यहाँबाट हतार–हतारमा स्वाब लिएर पठाएपनि ल्याबले रिपोर्टमा ढिलाई गरिदिँदा समस्या भइरहेको बताउनु भयो । जनकपुर र हेटौंडा पठाएको स्वाबको रिपोर्ट आएपछि थप रणनीति बनाएर अघि बढिने नगरप्रमुख खड्काले जानकारी दिए ।

उता हरिवन नगरपालिकाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा सोमवार नै पठाएको ४११ जनाको थ्रोट स्वाबको रिपोर्ट भने आज दिउँसोबाट धमाधम आइरहेको छ । हरिवन नगरपालिकाका स्वास्थ्य संयोजक शशीकान्त सिंहका अनुसार अहिले साँझसम्ममा २१८ जनाको रिपोर्ट आइसकेको र सबैको रिपोर्ट नेगेटिभ रहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

नेपाल पत्रकार महासंघ युराेपकाे अध्यक्षमा राई सर्वसम्मत

युरोप । नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशनले केजिन राईलाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको छ।

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

समाज

पाठेघर खस्ने समस्या बारे अन्तरक्रिया सम्पन्न

मधेशका महिलाहरुमा पाठेघर खस्ने समस्या अत्याधिक रहेपनि खुलेर स्वास्थ्य संस्था सम्म पुग्न नसकेको पाइएको छ ।

२ सय १६ किलो गाँजा सहित कोइराला र घलान पक्राउ

निजगढ। बारा प्रहरीले मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ३ का दीपक कोइराला र टौँडा उपमहानगरपालिका–१३ पदम पोखरी बस्ने ३० वर्षका जिबन घलानलाई पक्राउ गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.