logo

कोरोना संक्रमणबाट पर्सामा २२ को मृत्यु २ सय ४३ निको,३ सय २५ होम आइसोलेशनमा,४ सय ४३ आइसोलेशनमा

      8/12/2020 गते 00 00 मा प्रकाशित     1451   पटक पढिएको

साउन २८ गते सम्म पर्सा जिल्लामा १ हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि भएका मध्य १५ जना भारतीय नागरिक रहेका छन ।

 

संक्रमीत हुनेमा ८० जना स्वास्थ्यकर्मी, ५७ सुरक्षाकर्मी, ४ जना पत्रकार, ८३ कैदी, थुनुवा , २० जना अस्पताल सफाइकर्मी पनि रहेका छन । 


अहिले सम्म  कोभिड १९ को कारण १९ जनाको मृत्यु भएको छ । १ जना भारतीय एक जना बेवारिशे  बाराका २  रौतहटका १ उक जना रहेका छन ।

 

बारा र रौतहटका समेत गरि पर्सामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ ।    मृतकहरू अधिकांश दीर्घ रोगी एव्ं अन्य  कुनै स्वास्थ्य समस्या भएका देखिन्छन् ।

 

कतिपय मृत्यु भइसकेपछि कोभिड पुष्टि भएका छन् भने कतिपय अन्य उपचारको लागि अस्पताल डुलाउँदा डुलाउँदा मृत्यु भएका हुन । पर्सामा १४ हजार ८ सय ३४ जनाको कोरोना भाइरसको संक्रमणको पिसीआर परिक्षण भएको छ । 


संक्रमीतहरु मध्य बीरगंज हेल्थ केयर कोभिड अस्पतालमा १ सय २ पुरुष र १९ महिलालाई भर्ना गरिएको छ । त्यसतै गण्डक कोभिड अस्पतालमा  १० महिला सहित ६५ जना रहेका छन ।

 

रानीखोरी सामुदायिक आइसोलेशन सेन्टरमा ३४ ,राणी सती धर्मशालामा ४१,बीरगंज सिद्धार्थ स्कूलमा ३२ ,बीरगंज कारागारमा ३८ ,अन्य आइसोलेशनमा ९४ र होम आइसोलेशनमा ३ सय २५ जना रहेको पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिनु भयो । 


कोरोना संक्रमीत ३ सय २५ जना होम आइसोलेशनका नाममा आइसोलेशन भन्दा बाहिर रहनु नै पर्साकोलागि कोरोना संक्रमणलाई नियन्त्रण गर्ने चुनौती बनेको छ ।

 

होम आइसोलेशनको मापदण्ड पालना भए नभएको बारेमा अनुगमन हुन सकेको छैन । संक्रमीतहरुले पसल संचालन गरेको हाट बजारमा निस्किएको जस्ता कुराहरु सामाजिक संजालमा पोष्ट भइरहेका छन । यस्तो अवस्थामा थप आइसोलेशन वार्डको निर्माण आवश्यक रहेको छ । 


पर्सामा कोरोना भाइरसबाट  संक्रमीतहरु मध्य  १ सय ९८  पुरुष र ४३  महिला गरि २ सय ४३ जना निको भएर घर फकिएका छन । पर्साका १ हजार २ सय ४५ क्वारेन्टिन बेड संख्या रहेकोमा अहिले पनि १ सय २ पुरुष र ३७ महिला  गरि १ सय ३९ जना क्वारेन्टिनमा रहेका छन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

हेटौंडामा भोलिदेखि देखि सडक विस्तारः २५/२५ गजभित्रका संरचना हटाइने,२५ वटा डोजर र २५ वटा अन्य मेसिन प्रयोग हुने

हेटौंडा । भोलिदेखि हेटौंडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म, साथै बुद्धचोक–सामरी पुल खण्डसम्म पर्ने २५/२५ गजभित्रका घर–टहरा तथा अन्य संरचना भत्काइने भएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.