logo

पत्रकार कुट्ने जनमतका कार्यकर्ता प्रहरीद्वारा गिरफ्तार

 इसीमाना सम्वाददाता     २०८० कार्तिक २ गते ०७: ०४ मा प्रकाशित     586   पटक पढिएको

राजबिराज । पत्रकारमाथि हातपात गर्ने जनमत पार्टीका दुई जना कार्यकर्तालाई सप्तरी प्रहरीले विहिवार साँझ गिरफ्तार गरेको छ ।

 

डाक्नेश्वरी नगरपालिकाको युवा इन्चार्ज अमरेन्द्र यादव र अनिल यादवलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ढुण्डीराज न्यौपानेले जानकारी दिए ।


बुधवार पत्रकार साहलाई हातपात पश्चात नगरपालिका कार्यालयमै झण्डै चार घण्टा उनीहरुले थुनेका थिए । प्रहरीको सहयोगमा अबेर राति साहलाई डाक्नेश्वरीबाट उद्वार गरेर राजविराज उनको घरसम्म पुर्याइएको थियो । विहिवार पीडित पत्रकार साहले जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएका थिए ।


अघिल्लो दिन सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं – ६मा पोखरी ठेक्का विवादको विषयमा स्थलगत रिपोर्टिङ गर्न गएका रेडियो नेपालका पत्रकार सञ्जीव विक्रम साहमाथि समचारकै विषयलाई लिएर जनमत पार्टीका अमरेन्द्र यादव र अनिल यादवले हातपात गरेका थिए ।


प्रेस स्वतन्त्रताप्रति प्रतिवद्ध राजनीतिक दलकै कार्यकर्ताबाट पत्रकार असुरक्षित हुनु दुःखद हो ।रिपोर्टिङ गर्न गएका पत्रकारमाथि हातपात गरिएको घट्नाको हामी घोर भत्सर्ना गर्दछौं ।

 

यो घट्नाले प्रेस स्वतन्त्रताको खिल्ली उडाएको हाम्रो ठहर रहेको छ’नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले विहिवार जारी गरेको एक विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तिमा स्थानीय प्रशासनसँग पत्रकारमाथि हातपात गर्नेलाई कानुनी कारबाहीको माग गरिएको छ ।


यसैबीच पत्रकार कुटिएको बुधबारको घटनालाई छानबिन गर्नकोलागि पार्टीको केन्द्रीय कार्यालयले जिल्लास्थित इन्चार्जलाई निर्देशन दिएको छ । ू यस क्रममा दोषी देखिएका जोकोहीलाई पनि पार्टीले कारवाही गर्ने जनमत पार्टीका प्रवक्ता शरद सिंह यादवले जानकारी दिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

पर्सामा मतदान प्रतिशत उच्च रहेको प्रराम्भिक अनुमान, यकिन बिवरण आउन केही समय लाग्ने

वीरगञ्ज ।  प्रतिनिधि सभाको निर्वाचनमा पर्सा जिल्लामा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ ।

कञ्चनपुरमा निर्वाचन प्रहरीको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा निर्वाचन प्रहरीको मृत्यु भएको छ । जिल्लाको पुनर्बास नगरपालिकामा खटिएका निर्वाचन प्रहरीको आज उपचारका क्रममा मृत्यु भएको हो ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.