काठमाडौं । भारती मानन्धरले आफ्ना श्रीमान् चेतन मानन्धरको हत्या गर्ने योगराज ढकाल (रिगल)लाई सरकारले दिएको आममाफीविरुद्ध अनशन थालेकी छन् ।
न्याय माग्न काठमाडौं पुगेकी भारतीले माइतीघर मण्डलामा बुधबार बिहानदेखि अनशन सुरु गरेकी हुन् । उनले आफुले न्याय नपाएसम्म अनसन नछोड्ने बताएकी छन् ।
भारतीले रिगललाई कैद मिनाहा दिने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिटसमेत दिएकी छन् ।
असोज ३ गते संविधान दिवसको अवसरमा गठबन्धन सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कर्तव्य ज्यानमुद्दामा दोषी ठहर भएर सर्वस्वसहित जेल सजाय भोगिरहेका नेपालगञ्जका गुन्डा नाइके तरुण दलका नेता रिगललाई आममाफी दिएका थिए ।
तपाईको प्रतिक्रिया