logo

बारा सदरमुकाम कलैयामा शिक्षक माथि गोली प्रहार, अवस्था गम्भिर

 इसीमाना सम्वाददाता     २०८० कार्तिक १३ गते ०२: ०७ मा प्रकाशित     320   पटक पढिएको

कलैया । बारा सदरमुकाम कलैया उपमहानगरपालिका वडा नम्बर ६ मा अज्ञात समुहले चलाएको गोली लागि रुपेश स्वर्णकार घाइते भएका छन । स्वर्णकार बाल एकता प्लस टु कलेजका प्रधानाध्यापक हुन ।

 

दिनदहाडै गोलि प्रहार गरेको छ । कलैयाको बाल एकता प्लस टु कलेजका प्रधानाध्यापक रुपेश स्वर्णकार९ गुड्डु ० लाई अज्ञात समुहले गोलि प्रहार गरेका छन ।

स्वर्णकार अन्नपूर्ण स्विटस बाट मिठाई किनेर मोटरसाइकलमा बिद्यलयमा फर्किरहेका बेला मोटरसाइकलमा सवार तीन जना अज्ञात समुहले छाती र टाउकोमा दुई राउन्ड गोली हानेर फरार भएका छन ।

 

एन आई सि एशिया बैंक कलैयाको दक्षिण मदर्शा टोल जाने बाटोमा स्वर्णकार माथी गोलि प्रहार गरिएको प्रत्यक्षदर्शीले बताएका छन । स्वर्णकाराको अवस्था चिन्ताजनक रहेको जनाईएको छ ।

 

प्रादेशिक अस्पताल कलैयामा उपचार हुन नसकेपछि उनलाई एल एस न्युरो अस्पतालमा रेफर गरिएको छ । अस्पताल स्रोतका अनुसार स्वर्णकारको अवस्था चिन्ताजनक रहेको छ । अन्दाजी ३५ वर्षीय स्वर्णकार कलैया ६ का बासिन्दा हुन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.