Saturday, 17 May 2025, 9:14:37 am

पुजारीका हत्यारलाई कारवाही गर्न बिश्व हिन्दू महासंघको माँग

      8/20/2020 गते 00 00 मा प्रकाशित     973   पटक पढिएको

रौतहटको माधवनारायण नगरपालिका–२ खेसरहियामा रहेको हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहलाई अज्ञात समूहले गोली हानी हत्या गरेको घटना प्रति नेपाल बिश्व हिन्दू महासंद्धले गम्भिर चासो ब्यक्त गरेको छ । 

 

रौटहटमा बुधबार राति गोली हानेर एक जना पुजारीको हत्या गरिएको हो। रौतहटको माधवनारायण नगरपालिका–२ खेसरहियामा रहेको हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहलाई अज्ञात समूहले गोली हानी हत्या गरेको हो ।

 

मन्दिर अगाडि खाना खाने तयारी गरिरहेको बेला करिब ९ बजेको उहाँलाई गोली हानिएको हो  । पुजारी साहको गोली लागेर घटनास्थलमै मृत्यु भएको उनले बताए ।

 

पुजारीको हत्यालाई मानवता उपरको वर्वरतापूर्ण अपराध भन्दै महासंघले दोषीलाई कारवाही गर्न माँग गरेको छ । संघमा महासचिव रामनाथ मैनाली र सचिव अभिसेक तिवारीले जारी गर्नु भएको बिज्ञप्तिमा सन्त प्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु