कोरोना भाइरसको संक्रमणको “हटस्पट” बनेको बीरगंजमा फिल्डमा खटिरहने प्रहरीलाई सामाजिक संस्थाहरुले सुरक्षा सामाग्री उपलब्ध गराएका छन ।
लायन्स क्लब अफ वीरगञ्ज नोर्थले जिल्ला प्रहरी कार्यालय पर्सालाइ यस्तो सामाग्री उपलब्ध गराएको हो । स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।
निषेधाज्ञा प्रभावकारी बनाउने , यही वीचमा परिक्षण तिब्र पारेर संक्रमीतहरुलाई आइसोलेट गर्नु पर्ने काम छ । यो काम प्रभावकारी बनाउन स्थानीय प्रशासनलाई पनि समस्या छ । हरेक दिन जसो सार्वजनीक हुने प्रयोगशालाको रिपोर्टमा केही चिकित्सक,स्वास्थयकर्मी ,सुरक्षाकर्मी समेत संक्रमीत पुष्टि भएका खवरहरु आइरहेका हुन्छन ।
नागरिक सुरक्षाको काममा खटिरहदा आफू कतिखेर काहाँ संक्रमीत हुने भन्ने थाहा नपाउने भएपनि कामबाट अलग हुन पाउने अवस्था छैन । त्यसमाथि शान्ति सुरक्षाको पनि जिम्मा भएको प्रहरीका अगाडि कर्तब्य बाहेक अर्को बाटो नै छैन ।
ज्यान जोखिममा राखेर काम गरिरहेका प्रहरी कर्मचारीकालागि थोरै भएपनि सुरक्षा सामाग्री उपलब्ध गराउन लायन्स क्लब नोर्थ अगाडि आएको अध्यक्ष संजय अग्रवालले बताउनु भयो ।
महामारीको बिरुद्ध अग्रपंक्तिमा रहेर हामी नागरिकको रक्षाकालागि काम गर्ने प्रहरीलाई यो लाग्नु पर्छ की समाजले हामीलाई पनि हौसला दिदै छ ।
क्लबका अध्यक्ष अग्रवालले समाजका केही क्षेत्रबाट यस्तै सहयोगी भावनाले काम गर्दा मात्र उहाँहरुको मनोवल पनि बढने बताउनु भयो । समाजले हाम्रोकामलाई प्रसंशा गरेको छ भन्ने काम गर्नेलाई लाग्नु पर्छ अध्यक्ष अग्रवालले भन्नु भयो “हामीले केही सुरक्षाकालागि आवश्यक समाग्री उपलब्ध गराएर तपाईहरुले गर्नु भएको काम राम्रो छ भन्न खोजेका हौ ।
क्लबले पानी तताउने विद्युतिय केत्ली ३६ थान, स्टेम भेपर ४५ थान, फेस सिल्ड १ सय ६० पिस, ५ थान ओक्सिमिटर, १० थान थर्मोमिटर, २५ कार्टुन पानी लगायतका अन्य सामाग्री उपलब्ध गराएको छ ।
संस्थाका अध्यक्ष सन्जय अग्रवाल र पुर्व अध्यक्ष गोविन्द साहले सामाग्री जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक गौतम थापालाई सामाग्री हस्तान्तरण गर्नु भएको थियो ।
तपाईको प्रतिक्रिया