logo

एफ.एम.लाई नै आइसोलेशन बनाएर प्रसारणलाई निरन्तरता, सञ्चारकर्मीहरुको प्रसंशा 

      8/25/2020 गते 00 00 मा प्रकाशित     1054   पटक पढिएको

 वीरगन्जबाट प्रसारण हुने एक रेडियोले स्टेशनमै आईशोलेसन बनाएर एफ.एम.प्रसारणलाई निरन्तरता दिएको छ । मध्य तराईको पहिलो सामुदायिक रेडियो नारायणी एफ.एम. १०३.८ मेगाहर्जका सञ्चारकर्मी, कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि एफ.एम. स्टेशनलाई नै आईशोलेसन बनाएर प्रसारणलाई निरन्तरता दिएको हो ।

 

 रेडियोले  संक्रमित आफ्ना सञ्चारकर्मी तथा कर्मचारीलाई स्टेशनमै आईशोलेसन बनाएर प्रसारणलाई पनि निरन्तरता दिएको हो । कार्यक्षेत्रमा कार्यरत रहेको अवस्थामा सामुदायिक रेडियो नारायणी एफएम १०३.८ मेगाहर्जका कार्यरत स्टेशन प्रमुख सहित ७ जना रेडियोकर्मी संक्रमित भएका थिए । रेडियोका कार्यकारी अध्यक्ष गोविन्द देवकोटा अनुसार गत साउन १८ गते स्टेशन प्रमुख संक्रमित भएका थिए ।

 

उनी साउन १९ गते नै कोभिड अस्थायी अस्पताल हेल्थकेयरमा भर्ना भई १२ दिन पछि उनी कोरोना मुक्त भएर साउन ३० गते घर फर्किए । साउन २८ गते रेडियोका ५ जनाको परीक्षण गराउदा एकजना प्राविधिकलाई संक्रमण देखियो । अरु चार जनाको नेगेटिभ आएको थियो ।

 

त्यसपछि भदौ ४ गते गरिएको परीक्षणमा पाँचजनामा संक्रमण देखियो । अहिले ७ जना सञ्चारकर्मी, कर्मचारीहरु आइसोलेसनमा छन । “संक्रमित सवै साथीहरुलाई स्थानीय प्रशासनले फोन गरेर कोभिड अस्पतालमा लैजाने तयारी गरेपछि रेडियो वन्द हुने भयो यस्तो अवस्था आएपछि  तनावमा थिए रेडियोका अध्यक्ष देवकोटोले भन्नु भयो  रेडियोमा कार्यरत रहेको अवस्थामा संक्रमित भएपछि केही दिन अघिमात्र नेगेटिभ रिर्पोट आएका तीनजना साथिहरु समेत होम क्वारेन्टिनमा वस्नु प¥यो ।  नागरिकलाई पलपलमा सूचनाको खाँचो छ ।

 

यस्तो अप्ठारो स्थितिमा संक्रमण भएका पाँच जना साथीहरुले रेडियोमा आइसोलेशन वनाएर वस्ने र रेडियो संचालन गर्ने निर्णयमा पुग्नु भयो देवकोटाले भन्नु भयो  । मलाई उहाँहरुको भूमिकाप्रति गर्व महशुस भएको छ देवकोटाले भन्नु भयो “ उहाँले देखाउनु भएको साहस र हौसला प्रति नमन गर्न चाहन्छु ।”

 

सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) का महासचिव समेत रहनु भएका एफएमका कार्यकारी अध्यक्ष देवकोटाले  “नेपालमा पहिलो पटक संक्रमितहरुले रेडियोमा रहेर नागरिकलाई सुचना दिने काम गर्नुभएको छ  र सामुदायिक रेडियोको मुल मर्म नै यहि हो ।

 

आफू जोखिममा रहेको अवस्थामा पनि संकटपूर्ण स्थितिमा रहेको समुदायलाई सुचना दिन वन्द गरिएन ।” सामुदायिक रेडियोहरुको भूमिका नै फरक रहेकोले समाजलाई सूचनाबाट बञ्चित हुन नदिनका लागि पनि स्टेशनलाई नै आईशोलेसन बनाएर प्रसारणलाई निरन्तरता दिनु समाजप्रतिको जिम्मेवारी भएको बताउनु भयो  । ८ जना सञ्चारकर्मी, कर्मचारीहरु अझै होम क्वारेन्टिनमा बसेका छन् ।

 

यस्तो जटिल परिस्थितिको सामाना गर्दै आइसोलेसनमा रहेका र होम क्वारेन्टिनमा रहेकाहरुले पनि रेडियोमा समाचार वनाएर पठाएको उहाँले बताउनु भयो । अहिले रेडियोको आइसोलेसनमा लेखा प्रशासन प्रमुख सहित दुई जना प्राविधिक, एकजना कार्यालय सहयोगी र समाचारमा शिवनाथ यादव रहेको उहाँले बताउनु भयो ।

 

गत भदौ ४ गते रेडियोमा कार्यरत मध्ये ६ जनाले परिक्षण गराउदा ५ जना संक्रमितको सूचिमा परेका थिए । संक्रमित भएपनि स्टेशन प्रमुख देखी सबैले खेलेको भूमिका प्रति एफएम संचालक समितिको तर्फबाट धन्यवाद व्यक्त गरेका छन । स्वंयम जोखिममा रहेर पनि संकटको घडीमा नागरिकलाई सूचना पुराउने काममा खेलेको भूमिका सदैव गर्व गर्न लायकको रहेको उनको भनाई छ ।

 

नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दीपेन्द्र चौहानले नारायणी एफएम र कार्यरत सञ्चारकर्मीहरुले खेलेको भूमिका समाजप्रतिको जिम्मेवारी र आफ्नो पेशाप्रतिको समपर्ण रहेको बताउनु भएको छ  । उहाँले भन्नुभयो , “आपूm संक्रमित भएर पनि समाजका लागि निरन्तर सूचना प्रवाह गर्न तल्लिन रहने रेडियो र रेडियोका सञ्चारकर्मीहरुको भूमिका अतुलनीय छ । यो शब्दमा वर्णन गर्नै नसकिने खालको छ । एफएमका सञ्चारकर्मीहरु पूज्यनीय छन् ।”  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक १६ बुँदे निर्णय गर्दै सम्पन्न

बेल्जियम । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक यही जुन ९  मा बेल्जियमको आन्त्वर्पेन शहरमा सम्पन्न भएको छ ।

समाज

कृषिमा आधारित लघु उद्यमहरूलाई  सहुलियत दिन मन्त्रालय तयार  छः कृषि मन्त्री क्षेत्री

वीरगञ्ज । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले माछा उत्पादनका साथै धान उत्पादनमा मधेश प्रदेश मुलुकमै अग्रणी स्थानमा रहेको बताए ।

वरहथवा बहु सरोकारवाला मञ्चको नगर संयोजकमा कार्की चयन

सर्लाही  ।   बहु सरोकारवाला मञ्च  वरहथवाको नगर स्तरीय नयाँ  समिति गठन भएको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.