logo

श्रीपुरमा निशुल्क नेत्र शिविर,५८ जनामा मोतिबिन्दुको समस्या

 इसीमाना सम्वाददाता     २०८० मंसिर २० गते ०३: ४४ मा प्रकाशित     239   पटक पढिएको

बीरगंज । वीरगन्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरमा बुधबार आयोजित निःशुल्क आँखा तथा दाँत शिविरबाट २ सय ५ जनाले लाभ लिएका छन् ।

वीरगन्ज सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा साहिब दरबार वीरगन्जले आयोजना गरेको शिविरबाट महिला र पुरुष गरि २ सय ५ जनाले लाभ लिएका हुन् ।

 

 शिविरमा आँखा परिक्षण गराएकामध्ये ५८ जनामा मोतियाबिन्दुको समस्या भेटिएको र उनीहरुको बिहिबार निःशुल्क शल्यकृया गरिने अस्पातलका मेडिकल संयोजक महेश सिंह धामीले जानकारी दिए ।

 

वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले उद्घाटन गरेको शिविरमा निःशुल्क औषधी वितरणपनि गरिएको धामीले बताए ।शिविरमा वडा नम्बर ११ का वडाध्यक्ष अजय कुमार चौरसिया, संस्थाका उपाध्यक्ष प्रेमबाबु पटेल, कोषाध्यक्ष प्रेरणा श्रेष्ठ, उमेशलाल सहनी रमितामाया गुप्ता लगायतको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.