अनधिकृत रुपमा भारत निर्यात गर्न लागिएको २० बोरा मोटर ड्राइपोर्टमा रहेको नेपाल प्रहरीले बरामद गरेको छ ।
मोटर भारत तर्फ निर्यात गर्न प्रतिवन्ध लगाइएको छ । नेपाली बजार भन्दा भारतीय बजारमा मोटरको बिक्री बितरण नेपालको तुलनामा महगोमा बिक्री हुने गरेको छ । त्यसैले पनि मोटरको तस्करी हुदै आएको छ ।
भरिया लगाएर मोटर भारत तर्फ लग्दै गरेको अवस्थामा प्रहरी नायब निरिक्षक गजाननद साहको नेतृत्वमा गएको गस्ती टोलीले मोटर बरामद गरेको हो । प्रहरीको गस्ती टोलीलाई देखेपछि भरियाहरु मोटरको बोरा खेतमै छाडेर भागेको साहले बताउनु भयो ।
मोटर अवश्यक कारवाहीकोलागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको साहले बताउनु भयो । मोटर कस्को हो भन्ने कुराको अनुसन्धान शुरु गरिएको उहाँले बताउनु भयो ।
तपाईको प्रतिक्रिया