logo

उपभोक्ता हित संरक्षणमंचको पहलमा बिपन्न बर्गलाई खाद्य सामाग्री बितरण

      9/7/2020 गते 00 00 मा प्रकाशित     1031   पटक पढिएको

उपभोक्ता हित संरक्षण मञ्च बीरगंज महानगर कमिटीले बिपन्न परिवारलाई खाद्यान्न सामाग्री उपलब्ध गराएको छ ।
कोभिड (१९)   भाईरसको महामारीलाई रोकथाम र नियन्त्रण गर्नकालागि स्थानीय प्रशासनले निषेधाज्ञाको आदेश जारी गरेको छ ।  निषेधाज्ञाकालमा रोजगारीहरु बन्द छन । रोजगार नभएका कारण समस्यामा परेका बिपन्न श्रमजीवी ब्यक्तिहरुलाई मंचले राहत सामाग्री उपलब्ध गराएको मंचका अध्यक्ष अजित भूजेलले बताउनु भयो । 


बीरगंज महानगरपालिकाको वडा नं २ मा रहेर हाल बैदेशीक रोजगारीमा रहनु भएका ब्यक्तिले उपलब्ध गारउनु भएको रकमले राहत समाग्री उपलबध गराईको हो ।

 

बैदेशीक रोजगारीको क्रममा कतारमा रहनु भएका ब्यक्तिले राहत उपलब्ध गराउनकालागि अतिरिक्त समय काम गरेर आर्जन गर्नु भएको रकम पठाउनु भएको हो । 


उहाँले उपभोक्ता हित संरक्षण मंच बीरगंज महानगर कमिटीलाई राहत बितरणकोलागि आग्ह गर्नु भएको थियो । उहाँको आग्रह बमोजीमनै उपभोक्ता हित संरक्षण मञ्च बीरगंजका अध्यक्ष अजित कुमार भुजेलको नेतृत्वमा गएको टोलिले आज छपकैया, बिर्ता , रानिघाट , मुर्ली श्रीपुर एरिमा रहेका अति बिपन्न , दैनिक ज्यालादारी गरि जीवन पाल्ने मजदुर बर्गलाई राहत बितरण गर्नु भएको थियो । 


खाद्य सामाग्रीमा १० केजी चामल,१ केजी दाल,१ लिटर तेल,५ सय ग्राम सोयाबीन, १ केजी आयो नून रहेको अध्यक्ष भूजेलले बताउनु भयो । 

खाद्यान्न सामाग्री बितरण कार्यमा उपभोक्ता हित संरक्षण मञ्च बिरगंज महानगर कमिटीका कोषाध्यक्ष संतोषमान रन्जितकार , सदस्य मन्सुर खान , प्रहार डेलि डट कमका राहुल गुप्ता र न्युज २४ का जाकिर हुसेन लगायतकाको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

निजगढ नगरपालिका–९ पश्चिम लच्कामा  मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

निजगढ ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढमा बुधवार दिउँसो दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ ।

तिर्थ स्मृति प्रतिष्ठानद्वारा बरिष्ठ समाजसेवी बख्रेल सम्मानीत

काठमाण्डौ । बरिष्ठ समाजसेवी चन्द्रप्रसाद बख्रेल तिर्थ स्मृति प्रतिष्ठान नेपालबाट सम्मानीत भएका छन ।  काठमाण्डौ सामाखुशी स्थित लिंकन कलेजमा मंगलवार आयोजीत एक कार्यक्रका वीच उनलाई सम्मान गरिएको हो ।

खेलकुद

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.