नेपाल विश्व हिन्दु महासंघ जिल्ला कार्य समिति पर्साले पकाहा मैनपुर गाउँपालिकामा मच्छिन्द्रनाथको रथ यात्रा तान्ने क्रममा राज्य द्वारा गरिएको बर्बरतापूर्ण हस्तक्षेप विरुद्ध प्रदर्शन गरेको छ।
विन्देश्वर गिरी, जिल्ला सचिव ओमप्रकाश पाण्डेय, जिल्ला सदस्य खोभरी पटेल,मनोज पासवान र उमाशंकर साहको सहभागितामा प्रर्दशन भएको हो ।
पर्साको विन्दवासिनी गाउँपालिकाको हस्वा देखि पकहा मैनपुर गाउँपालिका को मधुबनी चौकमा प्रदर्शन गर्न लागेका प्रदर्शनकारी माथि प्रहरीले हस्तक्षेप गरेको थियो। प्रहरीले हस्तक्षेप गरे पनि विभिन्न नाराबाजी सहित प्रर्दशन भएको आयोजकले जनाएका छन ।
पर्सामा भएको उक्त बिरोध प्रदर्शनमा नेपाल विश्व हिन्दु महासंघका सम्पूर्ण सदस्यहरु नेवार समुदायको पक्षमा छौं, हिन्दु एकता जिन्दावाद, सनातन धर्म मास्न पाइदैन, पुज्य सन्त तथा दलितहरु निरंजन राम,बिजय राम,मिन्त्री देवी बैठाका हत्यारा लाई यथाशीघ्र सार्वजनिक गरि कडा कार्यवाही गर लागायतका नाराहरु लगाइएको विन्देश्वर गिरीले जनकारी दिनु भयोे।
तपाईको प्रतिक्रिया