logo

पोखरिया नगरपालिकामा दुई महिलाको आत्महत्या प्रकरणमा अनुसन्धान गर्न माइती पक्षको माँग

      9/8/2020 गते 00 00 मा प्रकाशित     995   पटक पढिएको

 पर्साको पोखरिया नगरपालिका वडा नम्बर ९ र १० मा २ जना महिलाले झूण्डिएर आत्म हत्या गरेका छन । प्रारम्भमा आत्महत्या जस्तै देखिएको भएपनि प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । 
    
 वडा नम्बर ९ सेमरवारीमा बस्ने श्याम किसोर प्रसाद तुरहाकी पत्नी २५ वर्षिय पुजा देवीको पंखा झूण्ड्याउने फलामको कलीमा पासो लगाएको अवस्थामा प्रहरीले शव निकालेको स्थानीयले बताएका छन ।

 

 ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक चन्द्रकुमार सिंह र सशस्त्र प्रहरी पोखरियाका प्रहरी निरिक्षक हरित बढुवालको टोली घटनास्थल पुगेर मुचुल्का उठाई शवलाई पोष्टमार्टमको लागि बीरगन्जस्थित नारायणी अस्पताल पठाएको छ ।


पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर २ रंगपुर टाडी माइत भएकी पूजाका माइतीले भने पूजाको कर्तब्य गरि हत्या गरिएको आशंका गर्दै अनुसन्धानको माँग गरेका छन । पूजाका  भार्ई सुमेश साहले दिदीले ३  बजेर ४५ मिनेट जादा घरमा कुरा गरेको बताउनु भयो ।

 

दिदीले त्यतीबेला आफूलाई कुटपीट भएको बताएको सुमेशले बताउनु भयो । ४ बजेर ३० मिनेट जादा अर्को फोनबाट दिदी नरहेको खवर आएको उहाँले बताउनु भयो । घर सधै यातना दिने गरेको दिदीले बताउने गरेको उहाँले बताउनु भयो । उहाँले  दिदीले आत्महत्या गरेको नभई हत्या भएको भन्दै उहाँले अनुसन्धान गर्न माँग गर्नु भएको छ । 

 

 पोखरिया नगरपालीका वडा नम्बर १० मा बस्ने निरन्जन पटेलकी पत्नी ३५ वर्षिय बिदान्ती देवीको झूण्डिएको अवस्थामा शव फेला परेको छ। घटनाको खबर सुन्ने बित्तिकै घटनास्थलमा ईलाका प्रहरी कार्यालय पोखरिया र सशस्त्र प्रहरी पोखरियाको टोली पुगी मुचुलका गरि शवलाई पोष्टमार्टमको लागि नारायणी अस्पताल बीरगन्ज पठाईएको थियो ।

वडा नम्बर ९ र वडा नम्बर १० दुईवटै घटनाको बारेमा अनुुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पोखरियाको प्रहरी निरिक्षक चन्द्र कुमार सिंहले बताउनु भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

जन्मदिनमा मानवीय सन्देश,प्रहरी निरीक्षक थापाद्वारा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वीरगंज । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रमुख प्रहरी निरीक्षक प्रकाश थापाले आफ्नो जन्मदिनको अवसरलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै उदाहरणीय कार्य गरेका छन्।

स्व.डा. दासको स्मृतिमा साढे पाँच लाखको अक्षयकोष स्थापना ,बिद्यार्थी र बिरामीलाई सहयोग उपलब्ध गराइने

बीरगन्ज ।  गरीब तथा जेहन्दार विद्यार्थीलाई वार्षिक छात्रवृत्ति र गम्भीर विरामीलाई उपचारमा आर्थिक सहयोग उपलब्ध गराउन बीरगन्जका मनिष दासले आइतवार चित्रगुप्त समिति बीरगन्जलाई अक्षयकोष को लागि ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाको चेक हस्तान्तरण गरेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.