देश बिकासका लागि युवा सशक्तता आजको आवश्यकता ” मुल नारा बोकको भिस्वा युवा क्लबदे आफ्नो आठौ वार्षिकोत्सवको अवसरमा रक्तदान तथा आयुर्वेदिक काढा र होमियोपैथिक औषधि बितरण कार्यक्रम सम्पन्न गरेको छ ।
बीरगंज भिस्वा युवा क्लबका अध्यक्ष उदय नारायण कुशवाहको अध्यक्षतामा भएको कार्यक्रममा पर्सा जिल्ला क्षेत्र न.१ सांसद प्रदीप यादव बीगंज पब्लिक कलेजका प्रोफेसर डा. दीपक शाक्य , युवा नेता ओमप्रकाश सरार्फ , वडा न.१५ का कार्यवाहक वडा अध्यक्ष छोटेलाल साह कानु , वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिपक साह , लगायत क्लबका पदाधिकारीहरु , स्थानी युवा , बुद्धिजिबिहरुको सहभागीता रहेको थियो ।
रक्तदान कार्यक्रममा ४ महिला सहित ३२ जनाले रक्तदान गरेका थिए ।रक्तदान गर्नु हुनेमा अजिता मरासनी , रेणु कुमारी सिंह , रम्भा देबि , पार्वती देबि , राधा बैठा , राजकुमार साह, दिनेश प्रसाद कुशवाह , मोहन साह , राधेश्याम गुप्ता , दिलिप कुमार साह , शिवशंकर पटेल , दिलिप राज महतो , किशोरी साह , राजाबाबु गुप्ता, सन्दीप कुमार सिंह , शम्भु महतो , नवरन्जन ठाकुर , दिपेन्द्र प्रसाद साह , सन्दिप कुमार कुशवाह , बिनेस कुमार सहनी , मुन्ना बर्णबाल , चन्दन साह , राकेश कुमार साह लगायत रहेका छन ।
होमियोपैथीक औषधि बितरण सौजन्य मारवाडी सेवा समिती काठमाडौं , युवा नेता तथा सामाजिक अभियन्ता ओमप्रकाश सरार्फले सहयोग गरेका थिए ।
प्राबिधिक सहयोग ब्लड बैंक बीरगंजका दिलमाया घिमिरे , शेखर गुप्ता ,धिरेन्द्र कुमार दास, भुषण कुमार जयस्वाल र राम नरेश यादवले गरेका थिए । कार्यक्रमको सहजीकरण क्लबका सल्लाहकार केशर दासले गर्नु भएको थियो ।
तपाईको प्रतिक्रिया