वीरगंज । गोतामे पत्रकारिता पुरस्कारबाट यसवर्ष कास्की पोखराका बरिष्ठ पत्रकार बद्रीबिनोद प्रतीक सम्मानित भएका छन् ।
यसवर्षको गोतामे पत्रकारिता पुरस्कार स्वर्ण पदक पोखराका बद्री विनोद ‘प्रतीक’ लाई प्रदान गरिएको हो ।
वीरगंजस्थित होटल पुजनमा पुरस्कार वितरण समारोहको आयोजना गरि उनलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।
वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले स्वर्ण पदक सहित दोसल्ला ओढाएर पत्रकार बिनोदलाई सम्मानित गरेका हुन् ।
पत्रकार गोपालचंद्र गौतम प्रतिष्ठानद्वारा हरेक वर्ष प्रदान गरिदै आएको गोतामे पत्रकारिता यसबर्ष उनले पाएका हुन् ।
वीरगंजका पत्रकार गोपालचन्द्र गौतमको स्मृतिमा प्रतिष्ठानले स्थापना गरेको पुरस्कार हरेक वर्ष प्रदान गर्दै आएको प्रतिष्ठानका सचिव हिमालचन्द्र गौतमले जनाए ।
तपाईको प्रतिक्रिया