सम्बिधान दिवसको अवसर पारेर बीरगंज महानगरको वडा नं १४ मा बौद्धीमाईको प्राङगनमा सरसफाइ तथा चौक नामकरण कार्यक्रम सम्पन्न भएको छ।
युवा समाज युवा समाज पिपराका अध्यक्ष अनिल पटेलको अध्यक्षतामा कार्यक्रम भएको कार्यक्रममा वडामा सरसफाईको बारेमा चर्चा गरिएको थियो ।
बिभिन्न स्थामा फोहर संकलनकालागि फोहर फाल्ने ड्रामहरु राखिएको छ । पिप्राको नहररोडमा पटेलचोक नामाकरण समेत गरिएको छ। चौक नामकरण को समुद्घाटन संयुक्तरुपमा कुर्मी सेवा सदन पर्सा का अध्यक्ष अधिवक्ता सुरेन्द्र कुर्मी र बीरगंज पिपरा १४का वडा अध्यक्ष भरत कुर्मीले गर्नुभएको थियो।
कार्यक्रममा पुजारी संतोष पुरी त्रिलोकी बाबा कुर्मी सशक्तिकरण मञ्चका बिशेशवर पटेल हरेन्द्र पटेल , आकाश पटेल ,गाउको अगुवा, बैजनाथ कुर्मी पतिलाल पटेल जदुननदन पटेल ,बिशुनदेव महतो, जवाहिर कुर्मी नेकपा का बिशवराज पटेल जगमोहन पटेल ,पवन पटेल प्रदीप कुशवाहा शिवरतन साह मुनेस पटेल , जितु जितेंद्र पटेल ,प्रताप पटेल , राजेशवर पटेल ,नागेन्द्र पटेल लगायत गाउ टोलबाट उल्लेखनीय सहभागीता रहेको संस्थाका कोषाध्यक्ष नरेंद्र पटेलले जानकारी दिनु भयो । कार्यक्रमको सञ्चालन संस्था को उपाध्यक्ष राम पटेलले गर्नु भएको थियो ।
तपाईको प्रतिक्रिया