logo

मध्य तराईका बिद्यार्थीकालागि ब्रिजकोर्स अध्ययनको गन्तब्य बन्दै भरतपुरको ह्वाउट हाउस एजुकेशन जोन

 इसीमाना सम्वाददाता     २०८० चैत १६ गते १५: १० मा प्रकाशित     1086   पटक पढिएको

चितवन । देशभरी नै पछिल्लो समयमा ब्रिजकोर्सको माग बढेको पाईन्छ । ‘ब्रिज कोर्स’ एसएलसी जाँच दिएर फुर्सदमा बसेका विद्यार्थीलाई उच्च शिक्षाको ढोकासम्म सजिलै पुग्न सघाउने पुल नै हो ।

एसएलसीसम्म पढ्दा विद्यार्थीले जुन वातावरणको अनुभूति गर्छन्, कक्षा ११ मा विल्कुलै पृथक हुनु स्वाभाविकै हो । अध्यापन र अध्ययन शैली पनि फरक हुन्छ ।

नयाँ शैलीमा आत्मविश्वासका साथ घुलमिल हुन र नयाँ कोर्सका बारेमा अग्रिम अपडेट रहन ‘ब्रिज कोर्स’ अचुक उपाय हो । त्यस तै बिगत ११ बर्षदेखि ए लेभलका साथै सीटीईभीटीका विभिन्न प्राविधिक कोर्स सञ्चालन गर्दै आएको चितवनको ह्वाउट हाउस एजुकेशन जोनले विद्यार्थीहरुलाई लक्षित गरेर ब्रिज कोर्स सञ्चालन गर्दै आएको छ ।

 

यही चैत २५ गतेबाट एसईई सकेका विद्यार्थीहरुलाई लक्षित गरेर ब्रिज कोर्स सँगै कक्षा ११ र १२ को लागि प्रि मेडिकल एण्ड प्रि ईन्जिनियरिङ कक्षा सञ्चालन गर्ने ह्वाउट हाउसका कार्यकारी प्रमुख रोशन ओझाले बताए ।

 

उनले भने “पाठ्यक्रमको हिसाबले कक्षा १० सम्म र प्लस टुको पाठ्यक्रम फरक छ, त्यसमाथि ए लेभलका साथै सीटीईभीटीका विभिन्न प्राविधिक कोर्स पनि छन् । यस्तोमा ब्रिजकोर्स विद्यार्थीका लागि सहयोगी बनेको हुन्छ ।”

उच्च शिक्षाका निम्ति महत्त्वाकांक्षी लक्ष्य राख्नेहरूले मात्र होइन, सामान्य विषयमा उच्च शिक्षा हासिल गर्न चाहने आम विद्यार्थी पनि ब्रिजकोर्सबाट प्रभावित भएका छन् । उच्च शिक्षामा विज्ञान विषय लिएर अध्ययन गर्ने विद्यार्थीका निम्ति ब्रिजकोर्सको अध्ययन अत्यन्तै प्रभावकारी हुन्छु, ह्वाउट हाउसका आइटी प्रमुख सिजन न्यौपाने भन्छन “विज्ञान संकायको हकमा विद्यार्थीले स्कूल र कलेजबीच ग्याप महसुस गर्छन्, उक्त ग्याप परिपूर्ति गर्न ब्रिजकोर्स सही माध्यम हुन सक्छ” । ह्वाउट हाउस एजुकेशन जोनले लकडाउनको बेला पनि उच्च प्रविधिको प्रयोग गरेर विद्यार्थीहरुलाई लक्षित गरी ब्रिज कोर्स सञ्चालन गर्दै आएको आइटी प्रमुख न्यौपानेले बताउछ्न्।

 

ह्वाउट हाउस एजुकेशन जोनमा ए लेभलका साथै सीटीईभीटीका विभिन्न प्राविधिक कोर्स पनि छन् । दैनिक बिहान, दिउँसो र बेलुका उच्च प्रविधिको प्रयोग गरेर सुविधा सम्पन्न कक्षाकोठामा ‘ब्रिज कोर्स’ पढाइने र करिब तीन महिनासम्म अध्यापन हुने ब्रिजकोर्स कार्यक्रमका संयोजक ललित चौधरी बताउँछन् । प्रत्येक साता जाँच पनि लिइने गरेको कार्यक्रम संयोजक ललित चौधरीले बताए।

 

ह्वाउट हाउस एजुकेशन जोनले विद्यार्थीको सेन्ट अप परीक्षाको नतिजाका आधारमा शत प्रतिशतसम्म छात्रवृत्ति समेत उपलब्ध गराउँदै आएको छ । कक्षा १० पछि विज्ञान, व्यवस्थापन, ए लेभल तथा प्राविधिक विषय अध्ययन गर्न चाहने विद्यार्थीका लागि प्रि–क्लास उपलब्ध गराएको सिटीभिटी संयोजक शिशिर कुँवरले जानकारी दिए । तयारी कक्षाको साथमा विद्यार्थीहरुलाई रचनात्मक कार्यक्रम, प्रयोगात्मक कक्षा र सेमिनारहरु आयोजना गर्दै आएको ह्वाउट हाउस एजुकेशन जोनका कोषाध्यक्ष ॠगोस बरालले बताए।

विभिन्न कोर्सहरु सञ्चालन गरिरहेको ह्वाउट हाउस एजुकेशन जोनमा अध्ययन गरेका विद्यार्थीहरुले विभिन्न राष्ट्रिय परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै आएका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.