पर्साको जगरनाथपुर गाउँपालिकाले भोली बधुवार गाउँपालिकामा सार्वजनीक छुट्टी दिएको छ । पर्साको जगरनाथपुर गाउँपालिकाका स्वाथ्य शाखामा कार्यरत ५८ वर्षिय अहेव रामसकिल साहको मृत्यु भएपछि उहाँको सम्मानमा गाउँपालिकामा बिदा दिइएको गाउँपालिकाका अध्यक्ष जालिम मियाले बताउनु भयो ।
साहको उपचारको क्रममा काठमाण्डौमा बुढानिलकण्ठस्थित करुणा अस्पतालमा उपचारको क्रममा सोमवार मृत्य भएको थियो।
महोत्तरीको मनरा नगरपालिका–७ सबैला स्थायी घर भएका साहलाई भदौ १९ गते देखी रुघाखोकी लागेको थियो । स्वास्थ्यमा समस्या देखीएपछि घर बिदा जानु भएको साहको जनकपुरको चन्द्रकला अस्पताल जनकपुरमा उपचार गराउँदा पनि स्वास्थ्यमा खासै सुधार नआएपछि उनलाई थप उपचारका लागि असोज १ गते काठमाडौं लगिएको थियो ।
साहको उपचारकोलागि गाउँपालिकाले पहिला १ लाख रुपैया सहयोग उपलब्ध गराएको थियो । गाउँपालिकाको आजको बैठकले साहको क्रिया खर्चकालागि थप एक लाख रुयैपा सहयोग उपलब्ध गराउने निर्णय गरेको अध्यक्ष मियाले बताउनु भयो ।
साहमा असोज ५ गते उहाँको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । अवस्था गम्भीर बन्दै गएपछि असोज ७ गते रातिदेखि नै उहाँलाई भेन्टिलेटरमा राखिएको थियो ।
तपाईको प्रतिक्रिया