logo

प्रसुती सेवा शुरु गरेको भिखमपुरको स्वास्थ्य केन्द्रमा महासंघले गर्यो सरसफाई सम्पन्न

      9/30/2020 गते 00 00 मा प्रकाशित     1001   पटक पढिएको

भर्खरमात्र मात्र प्रसुती सेवा शुरु गरेको पर्साको धोविनि गाउँपालिकामा अवस्थित भिखमपुर स्वास्थ्य केन्द्रमा  आज सर सफाई गरिएको छ । 

कोरोना कहर संगे देशामा घोषणा गरिएको केन्द्रीय र स्थानीय तहको लकडाउन अन्य बिभिन्न आदेशका कारण स्वासथकेन्द्रमा सेवाग्राहीको आवतजावत नभएकोले केन्द्रको वरिपरि झारपात पलाएको थियो ।

 

७ महिना पछि प्रसुती सेवा सहित संचालनमा आएको स्वास्थ्य संस्थालाई नै सफा राख्नु पर्ने सामाजिक दायित्वलाई निर्वाह गर्दै  अखिल नेपाल पिछडा वर्ग ओबिसि महासंघ पर्साले सरसफाई गरेको हो ।

 

झण्डै ७ महिनाको अन्तरालपछि जनजीवन सामान्य अवस्थामा फर्किदै गरेको  छ यस्तोमा नागरिकलाई स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाहरुलाई पनि सफा गर्नु आफूहरुको दायित्व रहेकोले सरसफाई गरिएको  महासंघका अध्यक्ष ओनीराज  रौनियारले बताउनुभयो ।

 

महासंघका धोबिनि गाउपालिका कमिटि अध्यक्ष औनिराज रौनियारको सभापतित्वमा भएको सरसफाई कार्यक्रममा स्वास्थ्य केन्द्रको भवन आसपास र परिसरमा सरसफाई गरिएको हो ।

 

सरसफाई कार्यक्रममा प्रहरी निरिक्षक किस्मान तामाङ्, मनोज यादब, बिकास साह, महासंघ गाउँ कमिटिका उपाध्यक्ष अतेन्द्र पटेल, दिना राउत लगायत कमिटिका पदाधिकारी सहित स्थानीयको सहभागिता रहेको कमिटिका सचिब देवसिस पटेलले जानकारी दिनुभयो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

वीरगंज महानगरको  आमसञ्चार प्रवर्द्धन तथा नियमन समिति संयोजकमा शत्रुघ्न नेपाल नियुक्त

वीरगंज । वीरगंज महानगरपालिकाको ‘आमसञ्चार प्रवर्द्धन तथा नियमन समिति’ को संयोजक पदमा पत्रकार शत्रुघ्न नेपाल नियुक्त भएका छन।

बढ्दो चिसो संगै महानगरले शिक्षण संस्था बिदाको अवधी थप्यो, अब २० गते शिक्षण संस्था खुल्ने

वीरगन्ज । चिसो झन् बढ्दै जानुका साथै शीतलहर पनि कम नहुँदा वीरगन्ज महानगरपालिकाले विद्यालयहरूमा थप तीन दिन जाडो बिदा थपेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.