logo

ग्यालेक्सी युथ क्लबकोआयोजनामा ८ महिला सहित ८२ जनाद्वारा रक्तदान

      10/3/2020 गते 00 00 मा प्रकाशित     1393   पटक पढिएको

बीरगंज महानगरपालिका वडा नं १४ मा ग्यालेक्सी युथ क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा ८ जना महिला सहित ८२ जनाले रक्तदान गरेका छन । 

 


नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसियाले क्लबले गरेको कार्यक्रममको प्रसंशा गर्नु भयो ।  उहाँले सामाजको बिकास र सामाजिक काममा युवाहरुले निर्वाह गर्ने भूमिकाले निकै अर्थ राख्ने बताउनु भयो । रक्तदान जीवनदान हो यो धार्मिक मान्यताका आधारमा पून्यको काम समेत भएको उहाँले बताउनु भयो । 

 


सम्बिधान सभाका सदस्य अनिल रुङगटाले रक्तादाद मानवीय काम भएकोले ग्यालेक्सी युथ क्लब धन्यवादको पात्र भएको बताउनु भयो । उहाँले रक्तदाता सबैलाई मानवीय काममा रगतको दान गरेर योगदान दिनु भएकोमा धन्यवाद दिनु भयो ।उहाँले कोरोना संकटको बेलामा पनि क्लवले रक्तादान कार्यक्रमको आयोजना गरेर मानवताको पक्षमा राम्रो सन्देश दिएको बताउनु भयो ।  

 

उहाँले बिकासको बाटोमा युवाहरुको पहलकदमी र नेतृत्व आवश्यक भएको चर्चा गर्नु भयो । एलएस न्युरो जनरल अस्पताल तथा ग्यालेक्सी युथ क्लबको संयुक्त आयोजना भएको वृहत रक्तदानमा कार्यक्रम क्लबका अध्यक्ष राजेश पटेलको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा  न्युरो अस्पतालका सञ्चालक डा. श्यामबाबु प्रसाद, तरुण दल बाराका अध्यक्ष लोकेश सिंह, डुग्गड  ग्रुपका फाईनान्स मैनेजर श्याम पटेललगायतको उपस्थिति रहेको थियो ।

    
कार्यक्रमको सहजीकरण क्लबका सचिव साजन पटेलले गर्नु भएको थियो । कार्यक्रममा अतिथिहरुले रक्तदाताहरुलाई प्रमाण पत्र बितरण गर्नु भएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

वीरगंज महानगरको  आमसञ्चार प्रवर्द्धन तथा नियमन समिति संयोजकमा शत्रुघ्न नेपाल नियुक्त

वीरगंज । वीरगंज महानगरपालिकाको ‘आमसञ्चार प्रवर्द्धन तथा नियमन समिति’ को संयोजक पदमा पत्रकार शत्रुघ्न नेपाल नियुक्त भएका छन।

बढ्दो चिसो संगै महानगरले शिक्षण संस्था बिदाको अवधी थप्यो, अब २० गते शिक्षण संस्था खुल्ने

वीरगन्ज । चिसो झन् बढ्दै जानुका साथै शीतलहर पनि कम नहुँदा वीरगन्ज महानगरपालिकाले विद्यालयहरूमा थप तीन दिन जाडो बिदा थपेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.