पटेर्वा सुगौलीका गाउँपालिकाको वडा नं ५ का सदस्य दुखी ओझैयाका छोरा राज ओझैयालाई प्रहरीेले १ सय ३१ किलो गाँजा सहित पक्राउ गरेको छ ।
बिहिवार मध्यराती साढे १२ बजेको समयमा ओझैयाको देउरीया स्थित घरमा प्रहरीले छापामारी गरि ओझैयालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक गंगा पन्तले जानकारी दिनु भयो ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको प्रहरी टोलिले ४० वर्षीय ओझैयाको घरमा छापामारी गर्दा लुकाई छिपाई राखेको अवस्थामा १ सय ३१ किलोग्राम गाँजा बरामद गरेको हो ।
बरमाद गाँजा र ओझैयालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयले थप अनुसन्धान सुरु गरेको पर्सा प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया