logo

प्रभू अस्पतालको पहिलो बर्षिकोत्सव, एक साता सम्म बालबालिका र जेष्ठ नागरिकको निशुल्क स्वास्थ्य परिक्षण हुने 

      10/10/2020 गते 00 00 मा प्रकाशित     1032   पटक पढिएको

 बीरगन्ज पानीट्यांकीस्थित प्रभु हस्पिटलले आफ्नो पहिलो स्थापना दिवसको अवसर पारेर रक्तदान र्काक्रम सम्पन्न गरेको छ । स्नेह स्याहार सत्कार गुणत्मक सेवा प्रभूको आधार भन्ने मूख्य नारालाई साकार रुप दिनकालागि अस्पतालको तर्फबाट रचनात्मक काम सहित गुणत्मक सेवा प्रवाहको सुनिश्चितता गरिने अस्पतालका अध्यक्ष डा. मनोज गुप्ताले बताउनु भयो ।

 

स्थापना दिवसको अवसर पारेर अस्पतालले त्यही सन्देश प्रवाह गर्न रक्तदान कार्यक्रम सहित अन्य कार्यक्रम पनि घोषणा  गरेको उहाँले बताउनु भयो । 


अस्पतालकोको बार्षिक उत्सवको अवसरमा ६० वर्ष भन्दा माथिका जेष्ठ नागरिक तथा १४ बर्ष मुनिका बालवाकिाहरुलाई हरेक बिभागमा निशुल्क ओपिडी सेवा प्रदान गरिने अध्यक्ष गुप्ताले जानकारी दिनु भयो ।


    
रक्तदान कार्यक्रममा ७ जना महिलासहित ६४ जनाले रक्तदान गरेका छन् । कोरोना माहामारीमा रगतको अभावलाई मध्यनजर गदैं रक्तदान कार्यक्रम आयोजना गरिएको अस्पतालकी संचालक समेत रहेकी चिकित्सक डा. लक्ष्मी थापा गुप्ताले बताउनु भयो।

   
रक्तदान कार्यक्रममा मनोज साह ,निशा गुप्ता, अनिता यादव, श्रेया गुप्ता, अप्सरा गुप्ता, जोबिना महर्जन, नितवानी खातुन, मनिषा पन्त, नेपाली सेनाका कर्णेल मदन जङ्ग राणा, ट्राफिक प्रहरी निरीक्षक कमल राज पन्डित, रिन्कु कुमार, उपेन्द्र प्रसाद यादव, जाकिर हुसेन, अरुण कुमार गुप्ता, मनोज साह, मलमल गुरुङ, गोबिन्द अधिकारी, सुरेश परियार, बिजय गुरुङ, कुमार कार्की लगायतले रक्तदान गर्नुभएको थियो । 
अस्पतालका अध्यक्ष डा। मनोज गुप्ताको अध्यक्षतामा सो रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

 

 

पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ नेपाली कांग्रेस पर्साका सभापति अजय कुमार द्विवेदी  पत्रकार महासंघका प्रदेश २ का उपाध्यक्ष के.सी. लामिछाने, पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, सचिव युवराज खडका ,चण्डी प्रसाद गण बीरगन्जका प्रमुख सेनानी मदनजंग राणा, शिक्षाविद डा. दिपक शाक्य, अस्पतालका चिकित्सक डा. अभिषेक अर्याल, जसपाका नेता नेजामुद्दिन समानी, जसपा नेतृ रम्भा मिश्रा, वडा प्रहरी कार्यालय बिर्ताका राजेशराज पूरी,  प्रहरी निरीक्षक सरोज प्रजापति, ट्राफिक प्रहरी निरीक्षक कमलराज पण्डित, वडा अध्यक्ष राजकिशोर गुप्ता, अफिनका प्रदेश २ अध्यक्ष राम श्रेष्ठ लगायत अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको उपस्थिति रहेको थियो । पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तमाङ्गले रक्तदाता रिन्कु गुप्तालाई रगतको पोका हस्तनान्तरण गरी रक्तदान कार्यक्रमको प्रारम्भ गरिएको थियो ।

रक्तदान कार्यक्रममा रक्त संचार केन्द्र, बीरगन्जका अध्यक्ष सौरभराज पाण्डेको नेतृत्वको टोलीले प्राविधिक सहयोग गरेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.