भारत बिहारको रक्सौल पन्टोका स्थायी घर भइ बीरगंज महानगरपालिकाको वडा नं ११ रानीघाटमा कोठा भाडामा लिइ बस्ने ३५ वर्षिया रेहाना नेसाको हत्या आरोपमा प्रहरीले कालाीकामाई गाउँपालिका वडा नं २ भेडिहारी निवासी ३२ वर्षिय महमद रैफूल खाँ पैठानलाई प्रहरीले गिरफतार गरेको छ ।
पर्साको कालिकामाई गाउँपालिकाको वडा नं. ४ स्थित गंगोल नदीमा असोज २१ गते विहान एक महिलाको शव फेला परेको थियो । कालिकामाई गाउँपालिकाको वडा नं। २ भेडिहारी र वडा नं. ४ प्रशुरामपुरको बिचमा पर्ने गंगोल नदीमा हात र खुट्टा बाधेको अवस्थामा शव फेला परेको थियो ।
पक्राउ परेका पैठानले ति महिलालाई कालिकामाई गाउँपालिकाको वडा नं. ४ प्रशुरामपुरस्थित गंगोल नदी किनारमा रहेको भागवतीको मन्दिरमा लगि हत्या गरी सोही नदीमा हात र खुट्टा बाधेर फालेको स्विकार गरि सकेको जिल्ला प्रहरी कार्यालय पसाृका प्रवक्ता डिएसपी मनजीत कुंवरले बताउनु भयो ।
पैठानको ति महिलासंग नजायज सम्बन्ध रहेको पनि खुलेको छ ।प्रहरीले पैठानलाई असोज २६ गते आफनै गाउँको मस्जिदमा लुकी बसीरहेको अवस्थामा गिरफ्तार गरेको हो ।
तपाईको प्रतिक्रिया