logo

महोत्तरीमा दलीत माथि निर्घात कुटपीट, दोषीलाई प्रहरीको संरक्षण , महोतरी प्रहरीको आलोचना बढदै

      10/14/2020 गते 00 00 मा प्रकाशित     1045   पटक पढिएको

अनाहकमा दलीत समुदायका ब्यक्तिहरुलाई कुटपीट गर्नेलाई महोत्तरी प्रहरीले पक्राउ नगरेको भन्दै आलोचना शुरु भएको छ ।

 

अप्रमाणीक आरोप लगाएर गैर न्यायीक रुपमा दलीत समुदायमाथि कुटपीट हुदा समेत दोषीलाई कानूनको दायरामा ल्याउन महोत्तरी प्रहरी उदासिन देखिएकोले उसको आलोचना शुरु भएको हो । प्रहरीका कारण गरिबहरुको सरकारको रुपमा रहेको कम्युनिष्ट सरकार समेत बदनाम हुदै गएको छ ।

 

महोतरीको भंगाहमा गएको शनिवार भंगाह नगरपालिका ४ को बितामा स्थानीय मल्हु सदा र बिन्देश्वर सदामाथि चोरको अरोप लगाउदै कुटपीट गरिएको थियो । स्थानीय कृपमाल महतोका र उनका छोरा दिनेश महतोले दुबै जनालाई चोर भन्दै निर्घात कुटपीट गरेका थिए । 


कृपाल महतोको घरमा गत शनिबार करिब २ बजे राती घरको पछाडि भागमा सुरुङ खनी चोर घरमा पसेर चोरी गरेको थियो । घरबाट दिनेश महतोको श्रीमतीको नाकमा लगाउने सुनको बुलाकी चोरी भएको थियो । दिनेशकी  श्रीमतीका अनुसार घरमा कोइ नभएका बेला आएको थियो । साथै उनले चोरलाई आफूले राम्रोसँग चिन्न पनि नसकेको बताउनु भएको छ  । 

पीडित बिन्देश्वर मल्हुले भने आफूहरुले चोरी नगरेको बताएका छन् । आफूहरु माछा मार्न गएको र फर्किएपछि करिब ४ बजे बिहान घरभित्रै पसेर उनीहरुले कुटपिट गरेको उहाँले बताउनु भयो ।


आफूहरुलाई मोटरसाइकलमा राखी लगेर बाँधेर निर्घात कुटपिट गरिएको भन्दै उहाँदे  दुखेसो गर्नु भएको छ । गढीमाई समुदायीक अस्पताल सीतापुरमा उहाँहरुको उपचार भइरहेको चिकित्सक अशोक यादवले जानकारी दिनु भयो  । पीडितहरुले महतोविरुद्ध प्रहरी चौकी सीतापुरमा उजुरीसमेत दिएका छन् । अहिले सम्म प्रहरीले घटनाको छानबिन र अपराधीलाई पक्राउ गर्न नसकेको बताइएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

वीरगंज महानगरको  आमसञ्चार प्रवर्द्धन तथा नियमन समिति संयोजकमा शत्रुघ्न नेपाल नियुक्त

वीरगंज । वीरगंज महानगरपालिकाको ‘आमसञ्चार प्रवर्द्धन तथा नियमन समिति’ को संयोजक पदमा पत्रकार शत्रुघ्न नेपाल नियुक्त भएका छन।

बढ्दो चिसो संगै महानगरले शिक्षण संस्था बिदाको अवधी थप्यो, अब २० गते शिक्षण संस्था खुल्ने

वीरगन्ज । चिसो झन् बढ्दै जानुका साथै शीतलहर पनि कम नहुँदा वीरगन्ज महानगरपालिकाले विद्यालयहरूमा थप तीन दिन जाडो बिदा थपेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.