logo

महोत्तरीमा दलीत माथि निर्घात कुटपीट, दोषीलाई प्रहरीको संरक्षण , महोतरी प्रहरीको आलोचना बढदै

      10/14/2020 गते 00 00 मा प्रकाशित     1182   पटक पढिएको

अनाहकमा दलीत समुदायका ब्यक्तिहरुलाई कुटपीट गर्नेलाई महोत्तरी प्रहरीले पक्राउ नगरेको भन्दै आलोचना शुरु भएको छ ।

 

अप्रमाणीक आरोप लगाएर गैर न्यायीक रुपमा दलीत समुदायमाथि कुटपीट हुदा समेत दोषीलाई कानूनको दायरामा ल्याउन महोत्तरी प्रहरी उदासिन देखिएकोले उसको आलोचना शुरु भएको हो । प्रहरीका कारण गरिबहरुको सरकारको रुपमा रहेको कम्युनिष्ट सरकार समेत बदनाम हुदै गएको छ ।

 

महोतरीको भंगाहमा गएको शनिवार भंगाह नगरपालिका ४ को बितामा स्थानीय मल्हु सदा र बिन्देश्वर सदामाथि चोरको अरोप लगाउदै कुटपीट गरिएको थियो । स्थानीय कृपमाल महतोका र उनका छोरा दिनेश महतोले दुबै जनालाई चोर भन्दै निर्घात कुटपीट गरेका थिए । 


कृपाल महतोको घरमा गत शनिबार करिब २ बजे राती घरको पछाडि भागमा सुरुङ खनी चोर घरमा पसेर चोरी गरेको थियो । घरबाट दिनेश महतोको श्रीमतीको नाकमा लगाउने सुनको बुलाकी चोरी भएको थियो । दिनेशकी  श्रीमतीका अनुसार घरमा कोइ नभएका बेला आएको थियो । साथै उनले चोरलाई आफूले राम्रोसँग चिन्न पनि नसकेको बताउनु भएको छ  । 

पीडित बिन्देश्वर मल्हुले भने आफूहरुले चोरी नगरेको बताएका छन् । आफूहरु माछा मार्न गएको र फर्किएपछि करिब ४ बजे बिहान घरभित्रै पसेर उनीहरुले कुटपिट गरेको उहाँले बताउनु भयो ।


आफूहरुलाई मोटरसाइकलमा राखी लगेर बाँधेर निर्घात कुटपिट गरिएको भन्दै उहाँदे  दुखेसो गर्नु भएको छ । गढीमाई समुदायीक अस्पताल सीतापुरमा उहाँहरुको उपचार भइरहेको चिकित्सक अशोक यादवले जानकारी दिनु भयो  । पीडितहरुले महतोविरुद्ध प्रहरी चौकी सीतापुरमा उजुरीसमेत दिएका छन् । अहिले सम्म प्रहरीले घटनाको छानबिन र अपराधीलाई पक्राउ गर्न नसकेको बताइएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.