logo

ठोरीमा प्रहरी र हतियारधारी समुहवीच भिडन्त चार जना पक्राउ

      10/15/2020 गते 00 00 मा प्रकाशित     1060   पटक पढिएको

पर्साको ठोरी गाउँ पालिका मा प्रहरी र हतियारधारी समूह बिच गएराती दोहोरो भिडन्त भएको छ । ठोरी गाउँ पालिका वार्ड नम्बर चार बिजयबस्ती नजिक भिडन्त भएको हो ।

 

बिजयबस्तीको बाटो हुँदै अबैध लागू औषध गाजा आइरहेको सूचनामा ईलाका प्रहरी कार्यालय ठोरी का प्रहरी निरीक्षक अशोककुमार साहको नेतृत्वमा प्रहरी टोली एम्बुस थापेर बसेको थियो ।

 

त्यही बेला चार जनाको संख्यामा रहेका हतियारधारी समूहले प्रहरी लाईनै लक्षित गरि फायर गरेको प्रहरी निरिक्षक साहले बताउनु भयो ।  प्रहरीले त्यसको जवाफमा  दुई राउन्ड हवाई फायर गरि चारै जनालाइ पक्राउ गर्न सफल भएको छ ।

 

 पक्राउ गरिएका व्यक्ति हरुको साथ बाट प्रहरीले चार राउन्ड गोलि र एकथान भरुवा बन्दुक समेत बरामद गरेको छ  । पक्राउ गरिएका व्यक्तिहरु ठोरी गाउँ पालिका वार्ड नम्बर ४ विशाल चोकका रहेका छन  ।

पक्राउ पर्नेहरुमा ठोरी गाउँपालिका–४ का ३४ वर्षीय कुमार लामा, ३५ वर्षीय सुन बहादुर लामा, ३२ वर्षीय बाबुराम लामा र २५ वर्षीय अमन लामा रहेका छन् ।

पर्साको ठोरी गाउँपालिका–४ औराही खोलाको बगरबाट १ नाल भरुवा बन्दुक, ४ राउण्ड गोली, १ सय ग्राम बारुद र एउटा खुकुरीसहित चार जनालाई बिहीबार बिहान पक्राउ गरेको हो ।

पक्राउ गरिएको चारै जनालाई आवश्यक कार्वाही को जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको ईलाका प्रहरी कार्यालय ठोरी का प्रहरी निरीक्षक अशोक कुमार साह ले जानकारी दिनुभयो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

समाज

सहयोद्धा उपर दुरब्यवहारको आरोप, आयोगमा उजुरी,  संसदीय दलको नेता बाट दिए राजीनमा

जनकपुरधाम । आफनै सहयोद्धा महिला उपर दूरब्यवहार गरेको आरोप लागेपछि नेकपा माओवादी केन्द्रका मधेश प्रदेश संसदीय दलका नेता भरत साहले दलको नेताको पदबाट राजीनामा दिएका छन ।

राष्ट्रिय स्वस्थ्यकर्मी महासंघ नेपालको  अध्यक्षमा डा. पौडेल निर्वाचित

वीरगंज । राष्ट्रिय स्वस्थ्यकर्मी महासंघ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशनले डा. सन्तोष पौडेललाई अध्यक्षमा निर्वाचित गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.