logo

वीरगन्ज महानगरपालिकाद्वारा नगरक्षेत्रको अनाधिकृत निर्माण सामग्रीहरु जफत

      10/20/2020 गते 00 00 मा प्रकाशित     885   पटक पढिएको

वीरगंज, ४ कार्तिक । वीरगन्ज महानगरपालिकाले नगरक्षेत्र भित्र अनाधिकृत रुपमा राखिएका निर्माण सामग्री र ठेलागाडीहरु जफत गरेको छ । महानगरभित्र जथाभावी राखिएका निर्माण सामग्रीहरु बालुवा, गिटी, ढुंगा तथा विभिन्न कवाडी सामानहरु नगरप्रहरीले नियन्त्रणमा लिएको हो ।

नगर प्रहरीले वीरगन्जको माईस्थान, आदर्शनगर, बाईपासको ब्रह्मचोक लगायतका क्षेत्रमा अनाधिकृत रुपमा राखिएका निर्माण सामग्रीहरु, कवाडी सामग्री तथा ठेलागाडीहरु समेत नियन्त्रणमा लिईएको नगर प्रहरी इन्चार्ज हरि भुषालले जानकारी दिनुभयो । नगर प्रहरीले निर्माण सामग्री हटाउने क्रममा करिब २५ टयाक्टर बालुवा, १०÷१२ ट्याक्टर गिटी र ३ ट्याक्टरजति इट्टा समेत नियन्त्रणमा लिएको छ ।

दोश्रो बाईपासको ४० फिटको सडक छेउछाउमा राखिएको निर्माण सामग्री तथा फलामका कवाडीहरु नियन्त्रणमा लिएर डम्पिङ साईटमा राखिएको नगर प्रहरी इन्चार्ज भुषाले बताउनुभयो । जथाभावी पार्किङ गरिएका ठेलाहरु समेत नगर प्रहरीले नियन्त्रणमा लिएर महानगरपालिकामा राखिएको उहाँले बताउनुभयो । अनाधिकृत निर्माण सामग्री राखिएको स्थानहरुबाट हटाउने अभियान निरन्तर जारी रहने भुषाले बताउनुभयो ।  
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.