logo

सुदुरपश्चिमको धार्मिक आस्थाको केन्द्र जगदम्वा भगवती मन्दीरको बिकासकालागि कार्कीद्वारा एक लाख सहयोग प्रदान

      10/21/2020 गते 00 00 मा प्रकाशित     1196   पटक पढिएको

 

जगदम्वा भगवती बिकास समाजलाई अस्मिता कार्कीले १ लाख १ हजार ११ रुपैया आर्थिक सहयोग गर्नु भएको छ ।  दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नं २ मा रहेको मन्दीरको पूर्वाधार बिकासमा बीरगंज महानगरपालिका हाल वडा नं ८ पानीटंयाकी निवासी कार्कीले आर्थिक सहयोग उपलब्ध गराउनु भएको हो ।

 

भगवतीको मन्दीरमा श्रद्धा पूर्वक पूजा आराधना गरेमा मनले चिताएको पुरा हुने जनबिश्वास रहेको छ । दशैको बेलामा मन्दीरमा श्रद्धालु भक्तजनहरुको निकै घुइचो लाग्ने  गर्दछ ।

 

तर यस वर्ष कोरोना संकटका कारण भिड नहुने भएकोले सामान्य पूजा अर्चना गर्ने र मन्दीरको मरम्त सम्भारको काम हुने माट्रिका आइ फाउण्डेशनका संयोजक मधेश सिंह धामीले जानकारी दिनु भयो ।

 

बीरगंजमा आखाँको अस्पताल संचालन गरेर सैयौ ब्यक्तिको निशुल्क आखाँको अप्ेशन गरेर मानवीय सेवामा महत्वपूर्ण योगदान गरिरहेको फाण्उडेशनका संयोजक धामीको गृहगाउको मन्दीरमा उहाँको धर्मपत्नी अस्मिता कार्कीले सहयोग प्रदान गर्नु भएको हो । त्यसैगरि चन्द्रसिंह धामीले पनि ५१ हजार रुपैया सहयोग राशी उपलब्ध गराउनु भएको छ । 


मन्दीरमा मंसिर महिनामा भब्य जात्रा लाग्ने गर्दछ । सुदुर पश्चिमको प्रमुख गौरा पर्व पनि यही मन्दीरमा धुमधामका साथ मनाउने परम्परा रही आएको महेश सिंह धामीले जानकारी दिनु भयो ।

 

गएको वर्ष डा. केशव सिंह धामीले १ लाख भन्दा बढीको मन्दीरलाई आवश्यक पर्ने भाडा वर्तनहरुको ब्यवस्था गर्नु भएको थियो । वडा नं २ मा बिजय दशमीको घटस्थापनाको दिनमा राखिने जमरा घरमा नराखी मन्दीरमा राख्ने चलन छ । गाउँ भरिका मान्छेले मन्दीरमा जमरा राख्ने चलन छ । यस्तो सामाजिक परम्पराका कारण चाडवाडको रौनक नै फरक हुने र रमाइलो हुने सिंहले बताउनु भयो ।


बिभिन्न पेशा ब्यवसायमा आफनो जन्म ठाउभन्दा टाढा भएपनि आफनो गच्छे  अनुसारको आफनो आस्थाको केन्द्रको बिकासमा सहयोग पुर्याउन आफनो दायित्व भएकोले सहयोग उपलब्ध गराएको सिंहले बताउनु भयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

गहवा माई रथ यात्रामा लायन्स क्लबको सेवाभाव, हजारौं श्रद्धालुलाई निःशुल्क खानेपानी वितरण

वीरगञ्ज । गहवा माईको ऐतिहासिक रथ यात्राका अवसरमा लायन्स क्लब अफ वीरगञ्ज, लायन्स क्लब अफ वीरगञ्ज विजयपथ, लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमी र लायन्स क्लब अफ वीरगञ्ज जय गहवा माईले श्रद्धालु भक्तजनप्रति सेवाभाव प्रस्तुत गर्दै संयुक्तरूपमा हजारौं भक्तजनलाई निःशुल्क खानेपानी वितरण गरेका छन्।

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.