logo

सहकर्मीको श्रीमती बलात्कार गर्ने मधेश प्रदेशका वरिष्ठ उपसचिव साह प्रहरी खोरमा

 इसीमाना सम्बाददाता      २०८१ जेठ २८ गते १७: १६ मा प्रकाशित     407   पटक पढिएको

जनकपुरधाम । सहकर्मीको श्रीमतीलाई भागवानको नामको प्रसादीमा नशालु पदार्थ मिसाएर खान दिएर बहोस बनाई बलात्कार गरेको आरोप लागेका मधेश प्रदेशका वरिष्ठ उपसचिव रुपेशकुमार साह पक्राउ परेका छन । बलात्कारको आरोपमा पक्राउ परेका साहले गएको शनिवार प्रहरी समक्ष आत्मसर्मपण गरेको स्रोतले जनाएको छ ।

सिरहाको बरियारपट्टी गाउँपालिका– ४ स्थित तेनुवापट्टीका ४८ वर्षीय रुपेशकुमार साहमाथि पीडित महिलाले जबर्जस्ती करणी सम्बन्धी कसुर मुद्दामा जिल्ला प्रहरी कार्यालय धनुषामा डेढ महिना अगाडि मुद्दा दर्ता गराएकी थिइन ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका वरिष्ठ उपसचिव साहमाथि उनीसंगै बस्दै आएका पुरुष सहकर्मीका श्रीमतीलाई डर, त्रास र धम्की देखाउँदै पटक– पटक बलात्कार गरेको आरोप छ ।

वरिष्ठ उपसचिव साहले गत माघ १८ गते मधेश प्रदेश सरकारको कर्मचारी आवासको एउटै तल्लामा बस्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् को कार्यालयमा कार्यरत अधिकृत घरमा नभएको मौका छोपी भगवानको प्रसादमै नसालु पदार्थ मिसावट गरी बलात्कार गरेको पीडितले जाहेरीमा उल्लेख गरेकी छन् । भगवानको प्रसाद भन्दै नसालु पदार्थ मिसावट गरी खान दिएको र त्यसपछि बेहोस अवस्थामा आफूलाई बलात्कार गरेको महिलाले दिएको जाहेरीमा लेखिएको छ ।

पीडित महिलाले गत चैत ३० गते जिल्ला प्रहरी कार्यालय धनुषामा दिएको उजुरीमा आफूलाई बलात्कार गरेको उल्लेख गरेकी छन् । उनले दिएको सो मुद्दा २०८१ वैशाख ३ गते दर्ता गरिएको थियो । आरोपित वरिष्ठ उपसचिव साहले घटनाकै क्रममा भिडियो फोटोसमेत खिचेर सो सामग्री अरूलाई देखाइदिने भन्दै डर धम्कीसमेत दिने गरेको र सो सामग्रीको नाममा ब्लैकमेल गर्दै पटक– पटक बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको छ । मधेश भवनको परिसरमा रहेको आवासमा साह र पीडित बस्दै आएका थिए ।

जबरजस्ती करणीबाट आफू गर्भवती भएको पीडितले दिएको जाहेरीमा किटान उल्लेख गरेकी छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.