पर्साको छिपहरमाई गाउँपालिका वार्ड नः१ भलुवहीयामा गएराती एक किराना पसलमा चोरी भएको छ ।
नेपाल भारत दशगजा क्षेत्रमा जोडिएको पोखरी किनारमा रहेको किराना पसलमा मँगलबार राती चोरी भएको हो ।
बास र खरले बनोको पसलको भित्तोलाई तोडेर पसलमा रहेको डिजल ६० लिटर , पेट्रोल १० लिटर ,नगद रु ५०० गरि ६ हजार ८ सय ६० रुपैयाको बराबरको समान र नगद चोरी भएको किराना पसलका संचालक किशनाथ साह कलवारले जनकारी दिनु भयो ।
यस्तै केही दिन अगाडि रातीको समय श्रीभगवन महतो कोइरीको गोठ घरमा रहेको खसी एउटा, ५ बोरा मल , गरि २० हजार रुपैया बराबरको सर सामान चोरी भएको थियो ।
गोठ घरमा चोरी भएपछि महतोले स्थानीय भर भलादमी ,जंनप्रतिनिधि, प्रहरी प्रशासन लाई खबर गरि घटना स्थल सबै देखाउनु भएको थियो । महतोले प्रहरी चौकी मिर्जापूरमा निवेदन पनि दिनु भएको छ ।
प्रहरी र जनप्रतिनिधिले चोर पत्ता लगाउकालागि १० दिनको समय मााग गरेका थिए । तर चोर पत्ता लाग्न सकेको थिएन । चोर पत्ता नलागेपछि चोरीका घटना बढन थालेको स्थानीयको बुझाई छ ।
तपाईको प्रतिक्रिया