logo

बहिरा बिद्यालयलाई नमुना बिद्यालयकोरुपमा स्थापित गरिने छः महानगर प्रमुख सरावगी

      10/22/2020 गते 00 00 मा प्रकाशित     1223   पटक पढिएको

बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले सुस्त श्रवण भएका बिद्यार्थीहरुको अध्यापनकालागि संचालनमा आएको बहिरा बिद्यालयको एक कार्यक्रमकावीच उद्धघाटन गर्न भएको छ । 

 


पानसमा दीप प्रज्वलीत गरि उहाँले बिद्यालयको उद्धघाटन गर्नुभएको हो । कार्यक्रममा महानगर प्रमु सरावगीले बहिरा बिद्यालयलाई नमुना बिद्यालयको रुपमा स्थापित गर्न आवश्यक रहेको बताउनु भयो ।

 

उहाँले फरक क्षमता भएका वालवालिकाहरुमा भएको सीप र दक्षतालाई समाजको बिकासमा उपयोग गर्ने वतावरण बन्यो भने मात्र समाजमा सबैले आत्मसम्मानका साथ बाँच्ने अवस्था बन्ने चर्चा गर्नु भयो ।

 

उहाँले शिक्षाले नै कमजोरलाई बलवान , अज्ञानीलाई ज्ञानी, अविकासलाई बिकास असभ्य लाई सभ्य बनाउने भएकोले आजको दिनमा शिक्षाको गुणस्तरीय बिकासमा ध्यान दिनु पर्ने बिचार ब्यक्त गर्नु भयो ।

 

उहाँले बहिरा बिद्यालयलाई प्रविधियुक्त बनाउने बनाउने बताउनु भयो । अध्ययन अध्यापनकालागि आवश्यक प्रविधि र उपकरणहरुको उपलब्धता गराइने बताउनु भयो । उहाँले महानगरको तर्फबाट आर्थिक ब्यवस्थापन समेत गरिसकिएको उहाँले जानकारी दिनु भयो ।

 

उहाँले शिक्षकको समेत ब्यवस्था गरिएको जानकारी दिदै आवश्यक अन्य ब्यवस्थापनमा सहयोग गर्न महानगर तयार रहेको बताउनु भयो । 
उहाँले महानगरको ब्यवस्थापमा मुलुकमै बहिरा बिद्यालय बीरगंजमा संचालन भएको जानकारी दिदै बिद्यालयलाई राम्रो र सबैले प्रंसशा गर्न लायक बनाउनु पर्नेमा जोड दिनु भयो । 


कार्यक्रममा बीरगंज  महानगर पालिकाका शिक्षा शाखा प्रमुख अरबिन्द लाल कर्ण, वडा न.१३ का वडा अध्यक्ष तुफान अन्सारी , वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिपक साह , बहिरा संघ पर्साका सदस्य जुल्फिकार अन्सारी , नगर परिषद सदस्य राजकुमार महतो , बीरगंज युवा समाजका अध्यक्ष कमल चौगाई , समाजसेबी दिनानाथ रौनियार , बहिरा विद्यार्थी र अभिभावक  लगायतकाको उपस्थिति रहेको थियो । कार्यक्रम सन्चालन बहिरा बिधालय व्यवस्थापन समितिका सदस्य रिताक्षेत्रीले गर्नु भएको थियो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

आर्थिक रूपमा कमजोर महिलालाई जिल्ला स्तरीय समितिबाट राहत सहयोग प्रदान

वीरगंज । पर्साको वीरगंजमा  घटेको एक दुःखद घटनापछि आर्थिक रूपमा अत्यन्त कमजोर अवस्थामा रहेकी एकल महिलालाई राहत स्वरूप नगद सहयोग प्रदान गरिएको छ।

थारू संस्कृति प्रवर्द्धनका लागि चौधरीको संयोजकत्वमा वीरगञ्जमा माघी मूल समारोह समिति गठन

पर्सा जिल्लाको वीरगञ्जमा थारू समुदायको महान् पर्व माघी (खिचडी) २०८२ लाई सभ्य, सुसंस्कृत र भव्य रूपमा मनाउने उद्देश्यले नयाँ मूल समारोह समिति गठन गरिएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.