logo

कार्तिक २३ देखी कक्षा ८ देखि १० कक्षाको पढाई संचालन गर्ने वीरगन्ज महानगरको निर्णय  

      11/2/2020 गते 00 00 मा प्रकाशित     730   पटक पढिएको

इसीमाना सम्वाददाता
बीरगंज १७ कार्तिक २०७७


 वीरगन्ज महानगरपालिकाले नगरक्षेत्र भित्रका सामुदायिक विद्यालयहरु संचालन गर्ने निर्णय गरेको छ ।

पहिलो चरणमा कक्षा  कक्षा ८ देखि १० सम्मको अध्ययन अध्यापन शुरु गर्ने निर्णय गरेको हो ।

 

महानगरपालिकाले आईतबार विद्यालय व्यावस्थापन समितिका पदाधिकारी तथा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँगको छलफलपछि आउँदो कार्तिक २३ गते आईतबारदेखि नगरक्षेत्रका कक्षा ८, ९ र १० को पढाई सुरु गर्ने निर्णय गरेको हो । 

वीरगन्ज महानगरपालिकाका  प्रमुख विजय कुमार सरावगीको अध्यक्षतामा बसेको प्रधानाध्यापक र विद्यालय व्यावस्थापन समितिका अध्यक्षहरुको बैठकले विद्यालय खोल्ने सम्बन्धमा विभिन्न विषयहरु माथि छलफल गरेर कार्तिक २३ गतेदेखि पठन पाठन सुचारु गर्ने निर्णय लिएको हो । 

 

कोरोना भाईरस संक्रमणको महामारीले ७ महिना भन्दा लामो समयसम्म विद्यालयहरु बन्द रहेका छन् । कतिपय सामुदायिक विद्यालयहरु क्वारेन्टिन र आईसोलेसनका लागि समेत प्रयोग गरिएकोले ती विद्यालयहरुलाई निसंक्रमण गरेर स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पठनपाठन शुरु गर्ने निर्णय भएको महानगर प्रमुख सरावगीले बताउनुभयो ।   

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.