logo

ज्योती फर्काउने अभियानमा गाउँपालिका अध्यक्ष चौधरी , गाउँपालिकाभरि मोतिबिन्दुको अप्रेशन गरिने

      11/4/2020 गते 00 00 मा प्रकाशित     1051   पटक पढिएको

पटेर्वा सुगौली गाउँपालिकाका अध्यक्ष हरिनारायण चौधरीले गाउँपालिका भित्रका नागरिकको निशुल्क मोतिबिन्दुको उपचार गर्ने बताउनु भएको छ ।

 

आफनो गाउँपालिकाका नागरिकमा अन्धोपनको समस्या नरहोस भन्नकालागि गाउँपालिकाको तर्फबाट मोतिबिन्दुको अप्रेशन गर्ने तयारी गरिएको उहाँले बताउनु भयो । यही उहाँले पटेर्वा सुगौली गाउँपालिकाको वडा नं १ सोनवर्षामा आयोजना गरिएको निशुल्क नेत्र शिविरको मंगलवार उद्धघाटन गर्दै यस्तो बताउनु भएको हो ।

 

उहाँले छठ पछि गाउँपालिकाका गादी, सुगौली, निचुटा सहितका पाँचै वडामा निशुल्क शिविरको आयोजना गरिने जानकारी दिनु भयो । उहाँले अन्धोपनका कारण जेष्ठ नागरिकले अनेकौ समस्या झेल्नु परेको आफूले देखेको चर्चा गर्दै उहाँहरु त्यो समस्याबाट मुक्त हुनुहोस भन्ने उद्धेश्यले मोतिबिन्दुको उपचारको ब्यवस्था मिलाइएको उहाँले बताउनु भयो । 


सोनवर्षामा चौधरी र सोही वडाका वडाध्यक्ष फरमान मिया अन्सारीले आँखा जचाँउन आएका जेष्ठ नागरिकलाई प्रिस्किपशन स्लिप दिएर कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो । सोनवर्षामा २ सय नागरिकको निशुल्क नेत्र परिक्षण गरिएको माट्रिका आइ फाउण्डेशनका संयोजक महेश सिंह धामीले बताउनु भयो ।

 

माट्रिका आइ फाउण्डेशन प्राविधिक सहयोगमा सीमाना मिडिया प्रा.ली.को ब्यवस्थापनमा आयोजना गरिएको शिविरमा ७८ जनामा मोतिबिन्दुको समस्या देखा परेको प्राविधिक रुवी महतोले जानकारी दिनु भयो । मेतिबिन्दु देखिएका सबैको माट्रिका आइ फाउण्डेशनले निशुल्क अप्रेशन गर्ने संयोजक धामीले बताउनु भयो । 

 


कार्यक्रममा वडा नं १ वडाध्यक्ष फरमान अन्सारीले आफूहरु सदैब नागरिकको सेवामा समर्पित रहेको बताउनु भयो । उहाँले नागरिकले आफूलाई परेको समस्याहरको बारेमा निर्धक्क भएर जानकारी दिन समेत उहाँले आग्रह गर्नु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष तथा सीमाना मिडिया प्रा.ली.का अध्यक्ष के.सी.लामिछाने  वडा नं २ का वडाध्यक्ष बिजय गैरे लगायतको सहभागिता रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

आर्थिक रूपमा कमजोर महिलालाई जिल्ला स्तरीय समितिबाट राहत सहयोग प्रदान

वीरगंज । पर्साको वीरगंजमा  घटेको एक दुःखद घटनापछि आर्थिक रूपमा अत्यन्त कमजोर अवस्थामा रहेकी एकल महिलालाई राहत स्वरूप नगद सहयोग प्रदान गरिएको छ।

थारू संस्कृति प्रवर्द्धनका लागि चौधरीको संयोजकत्वमा वीरगञ्जमा माघी मूल समारोह समिति गठन

पर्सा जिल्लाको वीरगञ्जमा थारू समुदायको महान् पर्व माघी (खिचडी) २०८२ लाई सभ्य, सुसंस्कृत र भव्य रूपमा मनाउने उद्देश्यले नयाँ मूल समारोह समिति गठन गरिएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.