logo

ज्योती फर्काउने अभियानमा गाउँपालिका अध्यक्ष चौधरी , गाउँपालिकाभरि मोतिबिन्दुको अप्रेशन गरिने

      11/4/2020 गते 00 00 मा प्रकाशित     1339   पटक पढिएको

पटेर्वा सुगौली गाउँपालिकाका अध्यक्ष हरिनारायण चौधरीले गाउँपालिका भित्रका नागरिकको निशुल्क मोतिबिन्दुको उपचार गर्ने बताउनु भएको छ ।

 

आफनो गाउँपालिकाका नागरिकमा अन्धोपनको समस्या नरहोस भन्नकालागि गाउँपालिकाको तर्फबाट मोतिबिन्दुको अप्रेशन गर्ने तयारी गरिएको उहाँले बताउनु भयो । यही उहाँले पटेर्वा सुगौली गाउँपालिकाको वडा नं १ सोनवर्षामा आयोजना गरिएको निशुल्क नेत्र शिविरको मंगलवार उद्धघाटन गर्दै यस्तो बताउनु भएको हो ।

 

उहाँले छठ पछि गाउँपालिकाका गादी, सुगौली, निचुटा सहितका पाँचै वडामा निशुल्क शिविरको आयोजना गरिने जानकारी दिनु भयो । उहाँले अन्धोपनका कारण जेष्ठ नागरिकले अनेकौ समस्या झेल्नु परेको आफूले देखेको चर्चा गर्दै उहाँहरु त्यो समस्याबाट मुक्त हुनुहोस भन्ने उद्धेश्यले मोतिबिन्दुको उपचारको ब्यवस्था मिलाइएको उहाँले बताउनु भयो । 


सोनवर्षामा चौधरी र सोही वडाका वडाध्यक्ष फरमान मिया अन्सारीले आँखा जचाँउन आएका जेष्ठ नागरिकलाई प्रिस्किपशन स्लिप दिएर कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो । सोनवर्षामा २ सय नागरिकको निशुल्क नेत्र परिक्षण गरिएको माट्रिका आइ फाउण्डेशनका संयोजक महेश सिंह धामीले बताउनु भयो ।

 

माट्रिका आइ फाउण्डेशन प्राविधिक सहयोगमा सीमाना मिडिया प्रा.ली.को ब्यवस्थापनमा आयोजना गरिएको शिविरमा ७८ जनामा मोतिबिन्दुको समस्या देखा परेको प्राविधिक रुवी महतोले जानकारी दिनु भयो । मेतिबिन्दु देखिएका सबैको माट्रिका आइ फाउण्डेशनले निशुल्क अप्रेशन गर्ने संयोजक धामीले बताउनु भयो । 

 


कार्यक्रममा वडा नं १ वडाध्यक्ष फरमान अन्सारीले आफूहरु सदैब नागरिकको सेवामा समर्पित रहेको बताउनु भयो । उहाँले नागरिकले आफूलाई परेको समस्याहरको बारेमा निर्धक्क भएर जानकारी दिन समेत उहाँले आग्रह गर्नु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष तथा सीमाना मिडिया प्रा.ली.का अध्यक्ष के.सी.लामिछाने  वडा नं २ का वडाध्यक्ष बिजय गैरे लगायतको सहभागिता रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.