logo

पोखरिया र पकाहामा उपभोक्ता हित संरक्षण मंच बन्यो, उपभोक्ता आन्दोलनले गती लिने

      11/7/2020 गते 00 00 मा प्रकाशित     1122   पटक पढिएको

उपभोक्ता हित संरक्षण मञ्च नेपाल पोखरिया नगर कमिटी गठन भएको छ ।भगवान साह कानुको अध्यक्षतामा ११ सदस्यीय पोखरिया नगर कमिटी गठन भएको हो ।


कमिटीको उपाध्यक्षमा राजकपुर राउत , सचिवमा गुल्सन त्रिपाठी , कोषाध्यक्षमा ध्रुबतारा केवट , सदस्यहरुमा सहजान खातुन , श्याम बहादुर यादव , जितेन्द्र पटेल , अशोक साह , लोकेन्द्र बहादुर साह , सिताराम साह र मैजुन खातुन रहनु भएको छ ।पोखरिया नगर सभाहलमा शनिबार भगवान साह कानुको अध्यक्षतामा भएको भेलाले नगर कमिटी गठन गरेको हो । 


भेलामा उपभोक्ता हित संरक्षण मंचका केन्द्रीय सदस्य धिरज शर्माले बजारमा माछा मासु र मिठाईका अब्यवस्थित पसलहरुलाई ब्यवस्थित बनाउने अभियान चलाउन आग्रह गनुृ भयो ।

 

उहाँले उपभोक्ताको हित रक्षाकालागि सम्बैधानिक प्रवन्धहरु रहेको चर्चा गर्दै स्थानीय तहमा उपप्रमुखको नेतृत्वमा बजार अनुगन समिति बन्ने उहाँले जानकारी दिनु भयो ।

 

उहाँले बजारमा उपभोक्ताको हित प्रतिकूलका गतिविधि नियन्त्रण गर्न र त्यस्तो गर्नेलाई दण्डीत गर्न समितिलाई अधिकार रहेको चर्चा गर्नु भयो । कार्यक्रममा उत्पादक आफै पनि उपभोक्ता भएको चर्चा गर्दै उपभोक्ताको जीवनसंग कसैले खेलवाड गर्न नहुने बताउनु भयो ।

मुनाफाकोलागि उपभोक्ताको हित बिपरितको काम गर्नेलाई छुट नदिइने वतावरण बनाउन मंचले सक्रियता देखाउन आवश्यक रहेको बताउनु भयो ।  बस्तु र सेवा उपभोग गर्ने उपभोक्तालाई आफुले तिरेको मुल्य अनुसार सामानको क्वालिटि ,  सहि वजन र उचित मुल्य भएको हुनु पर्ने चर्चा गर्दै तिरेको रकम बराबरको बिल बिजक अनिवार्य लिनु उहाँले अपिल गर्नु भयो  । उपभोक्ता ठगिनुबाट जोगिन पभोक्ता पनि जागरुक हुनु पर्नेमा उहाँको जोड थियो । 


त्यसैगरि आजै पर्सा जिल्लाको पकाहा मैनपुरमा पनि मंचको  गाउँपालिका कमिटी गठन भएको छ ।ललन कुमार पटेलको अध्यक्षतामा ७ सदस्यीय गाउँपालिका कमिटी गठन भएको हो। पकाहा मैनपुरमा भएको भेलामा नवनिर्वाचित अध्यक्ष ललन पटेल र पोखरिया नगर कमिटीका अध्यक्ष भगवान प्रसाद साहले आफनो प्रतिवद्धता मन्तब्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा बीरगंज महानगर कमिटीका अध्यक्ष अजित भूजेलले शुभकामना तथा बधाई  दिनु भएको थियो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

वीरगंज महानगरको  आमसञ्चार प्रवर्द्धन तथा नियमन समिति संयोजकमा शत्रुघ्न नेपाल नियुक्त

वीरगंज । वीरगंज महानगरपालिकाको ‘आमसञ्चार प्रवर्द्धन तथा नियमन समिति’ को संयोजक पदमा पत्रकार शत्रुघ्न नेपाल नियुक्त भएका छन।

बढ्दो चिसो संगै महानगरले शिक्षण संस्था बिदाको अवधी थप्यो, अब २० गते शिक्षण संस्था खुल्ने

वीरगन्ज । चिसो झन् बढ्दै जानुका साथै शीतलहर पनि कम नहुँदा वीरगन्ज महानगरपालिकाले विद्यालयहरूमा थप तीन दिन जाडो बिदा थपेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.