logo

पोखरिया र पकाहामा उपभोक्ता हित संरक्षण मंच बन्यो, उपभोक्ता आन्दोलनले गती लिने

      11/7/2020 गते 00 00 मा प्रकाशित     1294   पटक पढिएको

उपभोक्ता हित संरक्षण मञ्च नेपाल पोखरिया नगर कमिटी गठन भएको छ ।भगवान साह कानुको अध्यक्षतामा ११ सदस्यीय पोखरिया नगर कमिटी गठन भएको हो ।


कमिटीको उपाध्यक्षमा राजकपुर राउत , सचिवमा गुल्सन त्रिपाठी , कोषाध्यक्षमा ध्रुबतारा केवट , सदस्यहरुमा सहजान खातुन , श्याम बहादुर यादव , जितेन्द्र पटेल , अशोक साह , लोकेन्द्र बहादुर साह , सिताराम साह र मैजुन खातुन रहनु भएको छ ।पोखरिया नगर सभाहलमा शनिबार भगवान साह कानुको अध्यक्षतामा भएको भेलाले नगर कमिटी गठन गरेको हो । 


भेलामा उपभोक्ता हित संरक्षण मंचका केन्द्रीय सदस्य धिरज शर्माले बजारमा माछा मासु र मिठाईका अब्यवस्थित पसलहरुलाई ब्यवस्थित बनाउने अभियान चलाउन आग्रह गनुृ भयो ।

 

उहाँले उपभोक्ताको हित रक्षाकालागि सम्बैधानिक प्रवन्धहरु रहेको चर्चा गर्दै स्थानीय तहमा उपप्रमुखको नेतृत्वमा बजार अनुगन समिति बन्ने उहाँले जानकारी दिनु भयो ।

 

उहाँले बजारमा उपभोक्ताको हित प्रतिकूलका गतिविधि नियन्त्रण गर्न र त्यस्तो गर्नेलाई दण्डीत गर्न समितिलाई अधिकार रहेको चर्चा गर्नु भयो । कार्यक्रममा उत्पादक आफै पनि उपभोक्ता भएको चर्चा गर्दै उपभोक्ताको जीवनसंग कसैले खेलवाड गर्न नहुने बताउनु भयो ।

मुनाफाकोलागि उपभोक्ताको हित बिपरितको काम गर्नेलाई छुट नदिइने वतावरण बनाउन मंचले सक्रियता देखाउन आवश्यक रहेको बताउनु भयो ।  बस्तु र सेवा उपभोग गर्ने उपभोक्तालाई आफुले तिरेको मुल्य अनुसार सामानको क्वालिटि ,  सहि वजन र उचित मुल्य भएको हुनु पर्ने चर्चा गर्दै तिरेको रकम बराबरको बिल बिजक अनिवार्य लिनु उहाँले अपिल गर्नु भयो  । उपभोक्ता ठगिनुबाट जोगिन पभोक्ता पनि जागरुक हुनु पर्नेमा उहाँको जोड थियो । 


त्यसैगरि आजै पर्सा जिल्लाको पकाहा मैनपुरमा पनि मंचको  गाउँपालिका कमिटी गठन भएको छ ।ललन कुमार पटेलको अध्यक्षतामा ७ सदस्यीय गाउँपालिका कमिटी गठन भएको हो। पकाहा मैनपुरमा भएको भेलामा नवनिर्वाचित अध्यक्ष ललन पटेल र पोखरिया नगर कमिटीका अध्यक्ष भगवान प्रसाद साहले आफनो प्रतिवद्धता मन्तब्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा बीरगंज महानगर कमिटीका अध्यक्ष अजित भूजेलले शुभकामना तथा बधाई  दिनु भएको थियो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.