logo

शैक्षिक गुणस्तरका लागि पूर्वाधार संरचना बलियो बनाईने : नगरप्रमुख सरावगी

      11/9/2020 गते 00 00 मा प्रकाशित     1147   पटक पढिएको

इसीमाना संवाददाता
वीरगन्ज, २४ कार्तिक । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले वगहीमा रहेको महानन्द प्रसाद उपाध्याय माध्यामिक विद्यालयको भवन उदघाटन गर्नुभएको छ । वीरगन्ज महानगरपालिका २८ वगहीमा नवनिर्मित विद्यालय भवनको नगर प्रमुख सरवागवीले आज उदघाटन गर्नुभएको हो ।

उदघाटनपछि बोल्दै महानगर प्रमुख सरावगीले नगरको शैक्षिक गुणस्तरका लागि आवश्यक पूर्वाधार संरचनाहरुको विकासमा महानगरपालिका सधैं तत्पर रहेको बताउनुभयो । महानगरले शिक्षालाई नै प्रमुख प्राथामिकतामा राखेको जनाउदै उहाँले शिक्षामा सबैको सहज पहुँच बनाउन पनि महानगरपालिका लागि परेको बताउनुभयो । नगर प्रमुख बिजय कुमार सरावागीको विशेष पहलमा शैक्षिक प्रशासन माहाशाखाद्वारा वडा नम्बर २८ बगहीमा निर्माण सम्पन्न भएको चार कोठे विद्यालय भवनको उदघाटन गरिएको हो ।

यसैबीच विद्यालय भवन उदघाटन पछि महानगरपालिकाका नगरप्रमुख सरावगीले वडा नम्बर २२ जगरनाथपुर र र वडा नम्बर ३० को लालपर्सामा बाढी र डुवानले क्षति पु¥याएको स्थानहरुको स्थलगत निरीक्षण समेत गर्नुभएको छ । वडा नम्बर २२ जगरनाथपुर र वडा नम्बर ३० लालपार्सा प्रसोतिपुरमा बर्सेनि भेडाहा खोलामा आउने बाढीले किसानहरुले लगाउने खेतबालीमा क्षति पु¥याउने गरेकोले त्यसको निकास र दीर्घकालिन समाधानका लागि नगरप्रमुख सरावगीले वडा नम्बर २२ नम्बर र वडा नम्बर ३० का अध्यक्षहरुको उपस्थितिमा स्थलगत निरीक्षण गर्नु भएको हो ।

निरीक्षणपछि नगरप्रखु सरावगीले प्राविधिकलाई लागत स्टमेट तयार गर्न निर्देशन दिनु भएको छ ।
लागत स्टिमेट तयार भएपछि त्यसको लागि आवश्यक बजेट महानगरपालिकाले विनियोजन गर्नेपनि महानगर प्रमुख सरावगीले बताउनुभयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.