logo

शैक्षिक गुणस्तरका लागि पूर्वाधार संरचना बलियो बनाईने : नगरप्रमुख सरावगी

      11/9/2020 गते 00 00 मा प्रकाशित     852   पटक पढिएको

इसीमाना संवाददाता
वीरगन्ज, २४ कार्तिक । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले वगहीमा रहेको महानन्द प्रसाद उपाध्याय माध्यामिक विद्यालयको भवन उदघाटन गर्नुभएको छ । वीरगन्ज महानगरपालिका २८ वगहीमा नवनिर्मित विद्यालय भवनको नगर प्रमुख सरवागवीले आज उदघाटन गर्नुभएको हो ।

उदघाटनपछि बोल्दै महानगर प्रमुख सरावगीले नगरको शैक्षिक गुणस्तरका लागि आवश्यक पूर्वाधार संरचनाहरुको विकासमा महानगरपालिका सधैं तत्पर रहेको बताउनुभयो । महानगरले शिक्षालाई नै प्रमुख प्राथामिकतामा राखेको जनाउदै उहाँले शिक्षामा सबैको सहज पहुँच बनाउन पनि महानगरपालिका लागि परेको बताउनुभयो । नगर प्रमुख बिजय कुमार सरावागीको विशेष पहलमा शैक्षिक प्रशासन माहाशाखाद्वारा वडा नम्बर २८ बगहीमा निर्माण सम्पन्न भएको चार कोठे विद्यालय भवनको उदघाटन गरिएको हो ।

यसैबीच विद्यालय भवन उदघाटन पछि महानगरपालिकाका नगरप्रमुख सरावगीले वडा नम्बर २२ जगरनाथपुर र र वडा नम्बर ३० को लालपर्सामा बाढी र डुवानले क्षति पु¥याएको स्थानहरुको स्थलगत निरीक्षण समेत गर्नुभएको छ । वडा नम्बर २२ जगरनाथपुर र वडा नम्बर ३० लालपार्सा प्रसोतिपुरमा बर्सेनि भेडाहा खोलामा आउने बाढीले किसानहरुले लगाउने खेतबालीमा क्षति पु¥याउने गरेकोले त्यसको निकास र दीर्घकालिन समाधानका लागि नगरप्रमुख सरावगीले वडा नम्बर २२ नम्बर र वडा नम्बर ३० का अध्यक्षहरुको उपस्थितिमा स्थलगत निरीक्षण गर्नु भएको हो ।

निरीक्षणपछि नगरप्रखु सरावगीले प्राविधिकलाई लागत स्टमेट तयार गर्न निर्देशन दिनु भएको छ ।
लागत स्टिमेट तयार भएपछि त्यसको लागि आवश्यक बजेट महानगरपालिकाले विनियोजन गर्नेपनि महानगर प्रमुख सरावगीले बताउनुभयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

समाज

सहयोद्धा उपर दुरब्यवहारको आरोप, आयोगमा उजुरी,  संसदीय दलको नेता बाट दिए राजीनमा

जनकपुरधाम । आफनै सहयोद्धा महिला उपर दूरब्यवहार गरेको आरोप लागेपछि नेकपा माओवादी केन्द्रका मधेश प्रदेश संसदीय दलका नेता भरत साहले दलको नेताको पदबाट राजीनामा दिएका छन ।

राष्ट्रिय स्वस्थ्यकर्मी महासंघ नेपालको  अध्यक्षमा डा. पौडेल निर्वाचित

वीरगंज । राष्ट्रिय स्वस्थ्यकर्मी महासंघ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशनले डा. सन्तोष पौडेललाई अध्यक्षमा निर्वाचित गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.