logo

साहित्यिक चौतारी नेपालको अध्यक्षमा गीता भण्डारी निर्वाचित 

      11/21/2020 गते 00 00 मा प्रकाशित     942   पटक पढिएको

इसीमाना संवाददाता
वीरगन्ज, ६ मंसिर । साहित्यको बिकाश र बिस्तारको मुख्य उदेश्य लिएर अधि बडेको साहित्यिक संस्था साहित्यिक चौतारी नेपालको तेस्रो अधिवेसनले गीता भण्डारीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

बरिष्ठ उपाध्यक्ष चारखोले शिशिर, उपाध्यक्ष नवीन अनुपम रावत,सरस्वती बस्नेत (सरु), महासचिव घनश्याम घायल तिवारी, सचिव देवेन्द्र खतिवडा, कोषाध्यक्ष कमला भण्डारी ढकाल, सहकोषाध्यक्ष श्याम कुमार क्षेत्री र सदस्यहरु, प्रेम खड्का, बिन्दा पराजुली , तारा घिमिरे रहुनु भएको छ । भने चौतारी प्रशिक्षकको रुपमा शंकर ढकाल रहनु भएको छ ।

बिगत ७ बर्ष पहिले सामाजिक संजाल फेसबुक मार्फत सुरुभएको यो सँस्था नेपाल सरकारको मान्यता प्राप्त संस्था हो । साहित्यको विकास र विस्तारको लागि भनेर सुरु गरिएको संस्था भएपनि आजको दिनसम्म आइपुग्दा विभिन्न रोगबाट पीडित, दुर्घटना भएका, बाढी पहिरोमा परेका, महाभुकम्पको मारमा परेकालाइ मात्रै होइन मानव सेवा आश्रमा सहित गरेर झन्डै २० लाख रुपैयाँको आर्थिक तथा सामाग्री समेत सहयोग गरेको छ ।

नेपालको हकमा ७ ओटै प्रदेश र रोजगारीको शिलशिलामा अन्य मुलुकमा कार्यरत नेपालीहरुको मनलाइ चौतारीमा बिसाउने माध्यम बनाउदै इजरायल, मलेसिया , साउदी अरब , ग्रीस, भारतमा समेत आफ्ना शाखा बिस्तार गर्न सफल यो साहित्यिक चौतारी नेपालले मलेशिया भित्र जोहोरबारु उपशखा, नेपालमा बारा जिल्ला र तेह्रथुममा इस्कुलसम्म समेत गरि १४ वटा शाखा र उपशाखामा पुग्न सकेको छ ।


नवगठित कार्यसमितिमा संरक्षक तथा प्रमुख सल्लाहकार साबित्रा लुइँटेल घिमिरे, बरिस्ठ सल्लाहकार प्रा. भिम खतिवडा, बरिष्ठ सल्लाहकार डा. देवी नेपाल र सल्लाहकार हरुमा प्रभा आचार्य भट्टराई र सन्दिप संग्रौला रहनु भएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

आर्थिक रूपमा कमजोर महिलालाई जिल्ला स्तरीय समितिबाट राहत सहयोग प्रदान

वीरगंज । पर्साको वीरगंजमा  घटेको एक दुःखद घटनापछि आर्थिक रूपमा अत्यन्त कमजोर अवस्थामा रहेकी एकल महिलालाई राहत स्वरूप नगद सहयोग प्रदान गरिएको छ।

थारू संस्कृति प्रवर्द्धनका लागि चौधरीको संयोजकत्वमा वीरगञ्जमा माघी मूल समारोह समिति गठन

पर्सा जिल्लाको वीरगञ्जमा थारू समुदायको महान् पर्व माघी (खिचडी) २०८२ लाई सभ्य, सुसंस्कृत र भव्य रूपमा मनाउने उद्देश्यले नयाँ मूल समारोह समिति गठन गरिएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.