logo

एक युवक मृत अवस्थामा फेला , प्रहरी अनुसन्धान गर्दै

      11/21/2020 गते 00 00 मा प्रकाशित     835   पटक पढिएको

पर्साको सखुवा प्रसौनी गाउँपालिकामा एक युवक मृत अवस्थामा फेला परेका छन् । सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर २ को दहेनादी र पुरैना खोलाको बीचमा स्थानीय जवाहिर यादवका ३० बर्षीय छोरा संतोष यादवको आज शव फेला परेको परेको हो ।

 

उनको मृत्यु शंकापद रहेको छ । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र एकटाँगाको प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान शुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक मनोजित कुवँरले भने एकमहिनाको शिशुको भ्रुण भनेर आफुले रिपोर्टिङ पाएको र बाँकी विस्तृतमा जानकारी लिएपछि मात्रै थाहामा हुने बताउनुभयो ।

 

स्थानीयका अनुसार जवाहिर यादवले दुईवटा श्रीमती विवाह गरेका छन् । पहिलो श्रीमतीको छोरा संतोष यादव र दोश्रो श्रीमतीबाट दुई छोरा एक छोरी छन् । उनीहरुले पहिलेदेखि नै सुंतोषलाई विभिन्न मानसिक तथा शारिरिक यातना दिने गरेका थिए ।

परिवारको यातनाबाटै संतोषको मृत्यु भएको स्थानीयले आशंका गरे पनि प्रहरीको अनुसन्धान पछि मात्र वास्तविकता बाहिर आउने छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.