logo

महिला र बालबालिकामाथिको हिंसा अन्त्यका लागि सामाजिक सचेतना आवश्यक : महानगर प्रमुख सरावगी 

      11/25/2020 गते 00 00 मा प्रकाशित     936   पटक पढिएको

 वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीले महिला तथा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि समाजमा सचेतनाको आवश्यकता रहेको बताउनु भएको छ ।

 

बुधबार दिव्य युवा क्लबको भवन शिलान्यास कार्यक्रममा बोल्दै महानगरपालिकाका प्रमुख सरावगीले खासगरी तराई मधेसमा बढी महिला र बालबालिकामाथि हिंसा हुने गरेको र यसको अन्त्यका लागि सचेतनाको खाँचो रहेको बताउनु भएको हो ।

समाजमा हुने हिंसा अन्त्यका लागि सामाजिक क्षेत्रमा कृयाशील संघ संस्थाहरुको भूमिका महत्वपूर्ण रहेको बताउदै उहाँले महिला र बालबालिकाको हिंसा विरुद्धमा लामो समयदेखि काम गर्दै आएको दिव्य युवा क्लबले गरेका संस्थागत कामहरुलाई अझ विस्तृत रुपमा गर्नुपर्ने बताउनुभयो ।

 

संस्थाले बालबालिकाहरुलई सामाजिक सचेतनाको काम गर्दै आएकोमा यसलाई दीर्घकालसम्म लानका लागि भौतिक संरचना समेत निर्माण गर्नु उपलब्धिपूर्ण कार्य भएको बताउनुभयो ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १४ वीरगन्ज चिनी कारखाना आवासक्षेत्र पछाडि निर्माण हुन लागेको दुईतले भवनको आज नगर प्रमुख सरावगीले शिलान्यास गर्नुभएको छ । आफ्नै १० धुर निजी जग्गामा ४० लाखको अनुमानित लागतमा २ तले भवन निर्माण हुन लागेको क्लबका कार्यक्रम संयोजक रामाकान्त पटेलले जानकारी दिनुभयो ।

 

पर्साको कालिकामाई गाउँपालिका विरञ्चिवर्वामा केन्द्रीय कार्यालय रहेको क्लबले निर्माण गर्न लागेको भवनमा हिंसामा परेका महिला बालबालिकाको उद्दारका लागि प्रयोग गर्ने जनाएको छ । अन्तराष्ट्रिय महिला हिंसा विरुद्धको दिवसको १६ दिने अभियानको अवसर पारेर भवनको शिलान्यास गरिएको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

आर्थिक रूपमा कमजोर महिलालाई जिल्ला स्तरीय समितिबाट राहत सहयोग प्रदान

वीरगंज । पर्साको वीरगंजमा  घटेको एक दुःखद घटनापछि आर्थिक रूपमा अत्यन्त कमजोर अवस्थामा रहेकी एकल महिलालाई राहत स्वरूप नगद सहयोग प्रदान गरिएको छ।

थारू संस्कृति प्रवर्द्धनका लागि चौधरीको संयोजकत्वमा वीरगञ्जमा माघी मूल समारोह समिति गठन

पर्सा जिल्लाको वीरगञ्जमा थारू समुदायको महान् पर्व माघी (खिचडी) २०८२ लाई सभ्य, सुसंस्कृत र भव्य रूपमा मनाउने उद्देश्यले नयाँ मूल समारोह समिति गठन गरिएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.