logo

महिला र बालबालिकामाथिको हिंसा अन्त्यका लागि सामाजिक सचेतना आवश्यक : महानगर प्रमुख सरावगी 

      11/25/2020 गते 00 00 मा प्रकाशित     1220   पटक पढिएको

 वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीले महिला तथा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि समाजमा सचेतनाको आवश्यकता रहेको बताउनु भएको छ ।

 

बुधबार दिव्य युवा क्लबको भवन शिलान्यास कार्यक्रममा बोल्दै महानगरपालिकाका प्रमुख सरावगीले खासगरी तराई मधेसमा बढी महिला र बालबालिकामाथि हिंसा हुने गरेको र यसको अन्त्यका लागि सचेतनाको खाँचो रहेको बताउनु भएको हो ।

समाजमा हुने हिंसा अन्त्यका लागि सामाजिक क्षेत्रमा कृयाशील संघ संस्थाहरुको भूमिका महत्वपूर्ण रहेको बताउदै उहाँले महिला र बालबालिकाको हिंसा विरुद्धमा लामो समयदेखि काम गर्दै आएको दिव्य युवा क्लबले गरेका संस्थागत कामहरुलाई अझ विस्तृत रुपमा गर्नुपर्ने बताउनुभयो ।

 

संस्थाले बालबालिकाहरुलई सामाजिक सचेतनाको काम गर्दै आएकोमा यसलाई दीर्घकालसम्म लानका लागि भौतिक संरचना समेत निर्माण गर्नु उपलब्धिपूर्ण कार्य भएको बताउनुभयो ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १४ वीरगन्ज चिनी कारखाना आवासक्षेत्र पछाडि निर्माण हुन लागेको दुईतले भवनको आज नगर प्रमुख सरावगीले शिलान्यास गर्नुभएको छ । आफ्नै १० धुर निजी जग्गामा ४० लाखको अनुमानित लागतमा २ तले भवन निर्माण हुन लागेको क्लबका कार्यक्रम संयोजक रामाकान्त पटेलले जानकारी दिनुभयो ।

 

पर्साको कालिकामाई गाउँपालिका विरञ्चिवर्वामा केन्द्रीय कार्यालय रहेको क्लबले निर्माण गर्न लागेको भवनमा हिंसामा परेका महिला बालबालिकाको उद्दारका लागि प्रयोग गर्ने जनाएको छ । अन्तराष्ट्रिय महिला हिंसा विरुद्धको दिवसको १६ दिने अभियानको अवसर पारेर भवनको शिलान्यास गरिएको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.