logo

ढुवानी व्यवसायी महासंघमा पुन खनाल निर्वाचित

      11/28/2020 गते 00 00 मा प्रकाशित     1991   पटक पढिएको

ढुवानी व्यवसायी महासंघ नेपालको केन्द्रीय अध्यक्षमा विश्वनाथ खनाल दोस्रो कार्यकालका लागि निर्वाचित हुनु भएको छ  ।

 

चितवनको सौराहामा शनिबार भएको ५ औं  महाधिवेशन तथा १२औं साधारण सभाबाट खनाल पुन निर्वाचित हुनु भएको हो ।

 

निकटतम प्रतिद्धन्द्धी विराटनगरका विनोद सिंहलाई ४ मतले पराजित गरि खनाल अध्यक्षमा  विजयी भएको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनु भयो  । कूल खसेको ६० मत मध्ये खनालले ३२ मत ल्याएर विजय हुनु भएको हो ।

 

महासंघको केन्द्रीय अध्यक्षमा दोस्रो पटक निर्वाचित हुनु भएका खनाल ट्रान्सपोर्ट एशोसिएसन वीरगन्जका पूर्व अध्यक्ष हुन् । 

 


    यसैगरि वरिष्ठ उपाध्यक्षमा अच्युतराज खनाल, क्षेत्रगत उपाध्यक्षमा ध्रुव दाहाल खत्री, केशव गिरी, खेम जंग बस्नेत र प्रदिप अर्याल निर्वाचित भएका छन् ।

 

महासचिवमा अरुण कुमार श्रेष्ठ, सचिवमा पुष्पराज श्रेष्ठ र कोषाध्यक्षमा राजेन्द्र प्रसाद गुप्ता निर्वाचित भएको निर्वाचन अधिकृत श्रेष्ठले बताउनु भयो ।

 

पांचजना केन्द्रिय सदस्यमा कृष्ण राज पौडेल, सुशिल पौडेल, श्याम प्रसाई, धर्मराज पोख्रेल र टेकराज पोख्रेल विजयी भएका छन् ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

संघ–संस्था सम्बन्धी नयाँ मस्यौदा सच्याउन माग , पर्साबाट गृह मन्त्रालयलाई ज्ञापनपत्र

वीरगन्ज । गैरसरकारी संस्था महासंघ नेपाल, जिल्ला शाखा पर्साले हालै गृह मन्त्रालयले सार्वजनिक गरेको “संघ संस्था दर्ता, नियमन तथा व्यवस्थापन सम्बन्धी कानुन, २०८२” को मस्यौदा नागरिक समाजमैत्री नभएको भन्दै सच्याउन माग गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.