काठमाडौँ। बाढी, पहिरोलगायतका विपद्मा परी सोमवार दिउँसोसम्म मुलुकभर १ सय ३१ जनाको मृत्यु भएको छ ।
विपद्मा परी काठमाडौँ उपत्यकामा २ जना, कोशीमा २२, मधेसमा ५, बागमतीमा २५, गण्डकीमा ३८, लुम्बिनीमा २३, कर्णालीमा ७ र सुदूरपश्चिम प्रदेशमा ९ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
विपद्मा परी १ सय ४४ जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
कोसीमा ४९, गण्डकीमा १२ र सुदूरपश्चिममा प्रदेशमा ५ गरी जम्मा ६६ जनाको उद्धार गरिएको छ ।
बाढी पहिरोमा परी कोशी र बागमतीमा दुई÷दुई तथा मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक/एकगरी नौ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजीकार्य जारी छ ।
बाढीका कारण जम्मा १ सय ८२ घर डुबानमा परेका छन् । २ सय ३१ वटा घर, ८४ वटा गोठ, ४३ वटा पुल, दुई वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ ।
५ सय ९४ वटा पशु चौपाया मरेका छन् । बिपतको यो अवधिमा चार हजार चार घर परिवार विस्थापित भएका छन् ।
तपाईको प्रतिक्रिया