पोखरिया नगरपालिकाको बजार क्षेत्रमा अनुगमन गर्न टोली चाल पाएपछि बजारका बसल बन्द गरिएको थियो । उपभोक्ता अधिकारको उल्लंघन रोक्न र उपभोक्ताका निम्ति बजार स्वच्छतालागि अनुगमन गर्ने गरिन्छ ।
पोखरियामा बाणिज्य कार्यालय बीरगंजको नेतृत्वमा आज बजारको अनुगमन गरिएको थियो । मूल्यसूची नराखेका, ग्राहकलाई खरीद बिल नदिएका, पसलको छाप नबनाएका पाँचवटा किरानापसल र एकवटा सप्लायर्सलाई अनुगमनको क्रममा जरिवाना गरिएको उपभोक्ता हित संरक्षण मञ्चका पटेलले जानकारी दिनु भयो।
अजय किराना, रोशन किराना, अदिति किरानालगायत पाँचवटा किरानापसललाई जनही ५र५ हजार र भूपेन्द्र सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना गरिएको छ।
वाणिज्य कार्यालयका प्रवीण पोखरेल, जिल्ला प्रशासन कार्यालयका नारायण आचार्य, इलाका प्रहरी कार्यालय पोखरियाका सन्तोष यादव र उपभोक्ता हकहित संरक्षण मञ्च पोखरियाका सल्लाहकार ललन पटेल सम्मिलित टोलीले पोखरिया बजारका पसलहरूको अनुगमन गरेको हो ।
अनुगमन टोली पोखरिया पुगेको सूचना पाएपछि बजारका ९५ प्रतिशत पसल बन्द गरिएको थियो। खुलेका ५ प्रतिशत पसलको अनुगमन गरिएकोमा ६ वटा पसललाई कारबाई गरिएको हो।
तपाईको प्रतिक्रिया