जनकपुर । जयनगर रेल्वे लिकमा परेर एक युवकको दुवै खुट्टा काटिएको छ। जनकनन्दनी गाउँपालिका ३ महुवाका मिश्री दासका ३५ वर्षीय छोरा श्रीराम दासको खुट्टा रेल्वे लिकमा परेर काटिएको हो।
धनुषाको खजुरीस्थित रेलको लिक छेउबाट हिँडिरहेका श्रीराम आज बिहान सवा ११ बजे रेलको लिकमा च्यापिएका थिए ।
जयनगरबाट फर्किरहेको रेलले हर्न दिएपछि उनी तर्सिएर रेलकै लिकमा परेका थिए । लिकमा अडकिएका कारण उनले दुवै खुट्टा गुमाएका छन्।
रेल्वे विभागका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता दयाराम पौडेलका अनुसार दासको तत्काल उपचारको लागि जनकपुर प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ।
तपाईको प्रतिक्रिया