आफनै छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षिय एक भारतीय नागरिकलाई महोत्तरी प्रहरीले गिरफ्तार गरेको छ ।
सर्लाहीको हरिपुर नगरपालिका–६ लक्ष्मीपुर कोद्राहमा बस्ने ति ब्यक्तिले आफ्नी ६ वर्षकी छोरीलाई पटक–पटक बलात्कार गर्दै आएको घटना उनको गिरफ्तारी संगै सार्वजनिक भएको छ ।
लक्ष्मीपुरस्थित ससुराली घरमा बस्दै आएका ति ब्यक्ति ईटा उद्योगमा कार्यरत थिए । प्रहरीले घटना थाहा पाउने बित्तिकै भारत मुज्जफरपुरका ती पुरुषलाई शनिवार पक्राउ गरेको हो ।
उनलाई आइतवार सर्लाही जिल्ला अदालतबाट जवरजस्ती करणी मुद्दामा ५ दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको सर्लाही प्रहरीका प्रवक्ता डीएसपी मदन कुँवरले जानकारी दिनु भयो ।
ती पुरुषले आफ्नै एकमात्र छोरीलाई पटक पटक करणी गरेको पाइएको प्रहरीले जनाएको छ ।
अभियुक्तका दुई छोरा र एक छोरी छन् । श्रीमानले १२ गते राती इटा उद्योगकै परिसरमा रहेको झुपडीमा छोरी सुतिरहेका बेला बाहिर लगेर बलात्कार गरेको भन्दै श्रीमतीले आफै शनिवार बिहान ईलाका प्रहरी कार्यालय हरिपुरमा आएर जानकारी गराएकी थिईन् । उजुरी पछि प्रहरीले उनलाई गिरफ्तार गरेको हो ।
तपाईको प्रतिक्रिया