logo

महानगर प्रमुख सरावगी लैंगिक हिंसा विरुद्धको कार्यक्रमदेखि विकास निर्माणको उदघाटन र अनुगमनमा व्यस्त

      12/1/2020 गते 00 00 मा प्रकाशित     916   पटक पढिएको

वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीको व्यस्तता निकै बढेको छ । कोरोना महामारी नियन्त्रण र रोकथामका लागि निरन्तर खटिरहेका नगर प्रमुख सरावगी अहिले कोरोनाको संक्रमण कम भएपछि विकास निर्माण र सामाजिक सचेतनामा व्यस्त देखिएका छन् ।

नगर प्रमुख सरावगी मंगलबार वीरगन्ज महानगरपालिकाको वडा नम्बर ८ मा निर्माण सम्पन्न भएको धर्मशालाको उदघाटन्, नगरक्षेत्रमा निर्माण भईरहेका विकास निर्माणका कामको अनुगमन गरेका छन् । वडा नम्बर ८ मा निर्माण भएको धर्मशालाको उदघाटन गरेका छन् । उदघाटनसत्रमा बोल्दै महानगरप्रमुख सरावगीले सार्वजनिक सम्पक्तिको निर्माणले मात्रै विकास नहुने भन्दै यसको संरक्षण गर्न सके मात्रै यसको उपयोग गर्न सकिने बताए ।

उनले हाम्रो समाजमा सार्वजनिक सम्पत्तिको संरक्षणमा खासै चासो नदिने गरेको बताउदै उनले सार्वजनिक सम्पक्ति संरक्षण भए त्यसको उपभोग स्थानीयले नै गर्न पाउने र यसले यहाँको विकासको आधार पनि तयार गर्ने बताए । भवन उदघाटनपछि नगर प्रमुख सरावगीले नगरक्षेत्रमा निर्माण गरिएको ढल, नालाको अवस्थाको बारेमा स्थलगत अनुगमन समेत गरेका छन् ।


मंगलबार नै नगर प्रमुख सरावगी लैंगिक हिंसा विरुद्धको कार्यक्रममा समेत सहभागित भएका छन् । नोभेम्बर २५ देखि डिसेम्बर १० तारिकसम्म संचालन हुने महिला हिंसा विरुद्धको कार्यक्रम तथा विश्व एड्स दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा सहभागि भएका हुन् । कार्यक्रममा बोल्दै महानगर प्रमुख सरावगीले सामाजिक परिवर्तनले मात्रै महानगरको विकास सम्भव रहेको बताए ।

उनले जबसम्म समाजको विकास हुदैन तबसम्म कुनैपनि क्षेत्रको विकास सम्भव नभएको भन्दै महानगरवासीको स्वास्थ्य र शिक्षामा बढी केन्द्रीत भएको बताए । समाज शिक्षित भए विकासपनि त्यहि अनुसार हुने बताउदै समाज रुपान्तारणको लागि शिक्षा अनिवार्य रहेको र त्यसको लागि सचेतना महत्वपूर्ण पाटो रहेको बताए । शिक्षित समाजमा नै हिंसा शून्य हुने भएकोले हिंसा अन्त्यको लागि शिक्षा र सचेतना आवश्यक भएको बताए ।  
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

संघ–संस्था सम्बन्धी नयाँ मस्यौदा सच्याउन माग , पर्साबाट गृह मन्त्रालयलाई ज्ञापनपत्र

वीरगन्ज । गैरसरकारी संस्था महासंघ नेपाल, जिल्ला शाखा पर्साले हालै गृह मन्त्रालयले सार्वजनिक गरेको “संघ संस्था दर्ता, नियमन तथा व्यवस्थापन सम्बन्धी कानुन, २०८२” को मस्यौदा नागरिक समाजमैत्री नभएको भन्दै सच्याउन माग गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.