logo

वीरगञ्ज कलेजमा उद्यमशिलता प्रर्वद्धनकालागि ८ दिने निःशूल्क तालिम शुरु

 इसीमाना सम्वाददाता     २०८१ सावन १८ गते ०९: २५ मा प्रकाशित     341   पटक पढिएको

वीरगञ्ज । वीरगञ्ज कलेजमा डल, कुसन, साबुन, सर्फ र क्लीन बनाउने ८ दिने निःशूल्क तालिम शुरु भएको छ । सिक्दै कमाउदै भन्ने अवधारणा अनुरुप कलेजले कक्षा १२ र बिबिएसमा अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै निःशूल्क तालिमको आयोजना गरेको हो ।

वीरगञ्ज कलेजका अध्यक्ष डा.दीपेन्द्र चौधरीको अध्यक्षतामा भएको डल, कुसन, साबुन, सर्फ र क्लीन बनाउने तालिमको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानीले गरेका थिए ।

May be an image of 1 person and text

तालिमको उदघाटन समारोहलाई सम्बोधन गर्दै महासंघ मधेश प्रदेशका अध्यक्ष टेमानीले विद्यार्थीलाई सीप सिकाउने कलेजको कदमको सह्राना गरे । उनले तालिम पछिको उद्यम र त्यसको समग्र ब्यवस्थापनको बारेमा प्रकाश पारेका थिए ।

उनले उत्पादन पूर्व अनुसन्धान आवश्यक भएको जोड दिए । साना ठुला जस्तो सकै उधोगका समस्या समान हुने भन्दै बजार,चुनौती सवल र दुर्वल पक्षहरुको बारेमा बिश्लेषण जरुरी रहेको बताए ।

उनले वीरगञ्ज कलेजबाट अरु कलेजले पनि अनुसरण गर्नुपर्नेमा जोड दिए । विद्यार्थीलाई जागिर गर्ने भन्दा पनि उद्यम गर्न र उद्यमी बन्नका लागि कलेजले प्रेरित गरीरहेको अध्यक्ष टेमानीको भनाई छ ।

 May be an image of 5 people and text
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछाने, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, वरिष्ठ उपाध्यक्ष हरि गौतम, सिए मुकेश साह,एनएमबी बैंक शाखा प्रबन्धक सौसभ सरार्फ, प्रेस चौतारी पर्साका अध्यक्ष तुलसी भण्डारी, प्रिन्सीपल एसोसिएसन नेपाल पर्साका अध्यक्ष विनोद मेहता, शिक्षक संघका केन्द्रीय उपाध्यक्ष छोटेलाल साह, मानव सेवा आश्रमका देवेश गुप्ता लगायतले मन्तव्य राखेका थिए ।


विद्यार्थीलाई अध्ययनमा मात्रै सिमित नराखी सफल उद्यमी बनाउने अभिप्रायले अध्यापन गराइरहेको वीरगञ्ज कलेज सञ्चालक समितिका अध्यक्ष डा. दिपेन्द्र कुमार चौधरीले बताए ।


तालिममा डलको प्रशिक्षण बिना दाहालले, सर्फ, साबुन र क्लीनको प्रशिक्षण बिनय घिमिरे र बिपिन उपाधयाले दिने अध्यक्ष डा. चौधरीले जानकारी दिए । कार्यक्रमको सहजीकरण कलेजका शिक्षक कृष्ण पासवानले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.