logo

वीरगञ्ज कलेजमा उद्यमशिलता प्रर्वद्धनकालागि ८ दिने निःशूल्क तालिम शुरु

 इसीमाना सम्वाददाता     २०८१ सावन १८ गते ०९: २५ मा प्रकाशित     451   पटक पढिएको

वीरगञ्ज । वीरगञ्ज कलेजमा डल, कुसन, साबुन, सर्फ र क्लीन बनाउने ८ दिने निःशूल्क तालिम शुरु भएको छ । सिक्दै कमाउदै भन्ने अवधारणा अनुरुप कलेजले कक्षा १२ र बिबिएसमा अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै निःशूल्क तालिमको आयोजना गरेको हो ।

वीरगञ्ज कलेजका अध्यक्ष डा.दीपेन्द्र चौधरीको अध्यक्षतामा भएको डल, कुसन, साबुन, सर्फ र क्लीन बनाउने तालिमको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानीले गरेका थिए ।

May be an image of 1 person and text

तालिमको उदघाटन समारोहलाई सम्बोधन गर्दै महासंघ मधेश प्रदेशका अध्यक्ष टेमानीले विद्यार्थीलाई सीप सिकाउने कलेजको कदमको सह्राना गरे । उनले तालिम पछिको उद्यम र त्यसको समग्र ब्यवस्थापनको बारेमा प्रकाश पारेका थिए ।

उनले उत्पादन पूर्व अनुसन्धान आवश्यक भएको जोड दिए । साना ठुला जस्तो सकै उधोगका समस्या समान हुने भन्दै बजार,चुनौती सवल र दुर्वल पक्षहरुको बारेमा बिश्लेषण जरुरी रहेको बताए ।

उनले वीरगञ्ज कलेजबाट अरु कलेजले पनि अनुसरण गर्नुपर्नेमा जोड दिए । विद्यार्थीलाई जागिर गर्ने भन्दा पनि उद्यम गर्न र उद्यमी बन्नका लागि कलेजले प्रेरित गरीरहेको अध्यक्ष टेमानीको भनाई छ ।

 May be an image of 5 people and text
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछाने, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, वरिष्ठ उपाध्यक्ष हरि गौतम, सिए मुकेश साह,एनएमबी बैंक शाखा प्रबन्धक सौसभ सरार्फ, प्रेस चौतारी पर्साका अध्यक्ष तुलसी भण्डारी, प्रिन्सीपल एसोसिएसन नेपाल पर्साका अध्यक्ष विनोद मेहता, शिक्षक संघका केन्द्रीय उपाध्यक्ष छोटेलाल साह, मानव सेवा आश्रमका देवेश गुप्ता लगायतले मन्तव्य राखेका थिए ।


विद्यार्थीलाई अध्ययनमा मात्रै सिमित नराखी सफल उद्यमी बनाउने अभिप्रायले अध्यापन गराइरहेको वीरगञ्ज कलेज सञ्चालक समितिका अध्यक्ष डा. दिपेन्द्र कुमार चौधरीले बताए ।


तालिममा डलको प्रशिक्षण बिना दाहालले, सर्फ, साबुन र क्लीनको प्रशिक्षण बिनय घिमिरे र बिपिन उपाधयाले दिने अध्यक्ष डा. चौधरीले जानकारी दिए । कार्यक्रमको सहजीकरण कलेजका शिक्षक कृष्ण पासवानले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

चिया चौतारो छाडेर,श्रमदानमाबाटै हुलाकी सडक सफा गर्दै सुवर्णपुरका स्थानीय

ठोरी । ठोरी गाउँपालिका–५ सुवर्णपुरस्थित ओरिया खोला पुल नजिकको बागमोर्चा क्षेत्रका स्थानीयवासीले शनिबार बिदाको समय सदुपयोग गर्दै हुलाकी सडक सरसफाइ गरेका छन।

विपद् राहत कोषमा मदिना जामे मस्जिदद्वारा १ लाख १ हजार रुपैयाँ सहयोग

वीरगञ्ज ।वीरगञ्ज महानगरपालिका–६ स्थित मदिना जामे मस्जिदले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.