बीरगंज ।जिल्ला अदालत पर्साले प्रहरी हिरासतमा रहेका निरञ्जनकुमार अग्रवाललाई पुनः तीन दिनको म्याद थप गरेको छ ।
अनुसन्धान नसकिएको भन्दै प्रहरीले म्याद थपको अनुमति मागेपछि दोस्रो पटक म्याद थप भएको हो ।
झुटो विवरण दिई नागरिकता लिएको तथा सवारी चालक अनुमति पत्र किर्ते प्रकरणमा अग्रवालमाथि अनुसन्धान चलिरहेको छ ।
उनले लिएको सवारी चालक अनुमती पत्र र नेपाली नागरिकता किर्ते कागजको आडमा लिएको भन्दै सरकारी न्यायधिवक्ताको कार्यालयमा उजुरी परेको थियो ।
त्यही उजुरीका आधारमा अग्रवालमाथि अनुसन्धान भइरहेको छ । प्रहरीले अनुसन्धान पुरा नभएको भन्दै पूनः म्याद थपकोलागि अदालत समक्ष अपिल गरेको थियो ।
तपाईको प्रतिक्रिया