logo

मूकेश चौरसियाको हत्या मुद्दामा दुईजना पुर्पक्षका लागि कारागार चलान दुईजना २÷२ लाख धरौटीमा र एकजना साधारण तारेकखमा रिहा

      12/3/2020 गते 00 00 मा प्रकाशित     977   पटक पढिएको

वीरगन्ज, १८ मंसिर । नेकपा पर्साका जिल्ला सदस्य मूकेश चौरसियाको हत्या आरोपमा पक्राउ परेका तीजना रिहा भएका छन् । मुख्य अभियुक्त दुईजना पुर्पक्षका लागि कारागार चलान भएका छन् । मूकेशको हत्याको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेका मध्य हनिफ मियाँ र देवा सहनी जनही २/२ लाख रुपैंया धरौटीमा रिहा भएका छन् ।

अर्को एक १७ बर्षीय किशोर सवद्दीन आलमलाई भने घटनामा संलग्न नदेखिएकोले साधारण तारेखमा रिहा गरी अभिभावकको जिम्मा लगाईएको पर्सा जिल्ला अदालतले जनाएको छ । हत्याका मुख्य अभियुक्त बनाईएका अखिलेश भनिने अशेश्वर चौरसिया र उक्तम भनिने निरञ्जन तिवारालाई भने पुर्पक्षका लागि कारागार पठाईएको पर्सा जिल्ला अदालतका ५ नम्बर फाँट प्रमुख सञ्जय यादवले जानकारी दिनुभयो ।

पाँच नम्बर बेञ्चका न्यायधीश नारायण शर्माको इजलासमा मुद्दा सुनुवाई भएको हो । न्यायधीश शर्माको आदेशमा २ जना पुर्पक्षका लागि कारागार चलान, दुईजना २/२ लाख रुपैंया धरौटीमा र एकजना साधारण तारेखमा रिहा भएका हुन् । पर्साको विन्दवासिनी गाउँपालिकामा कार्तिक ६ गते भएको सपथ ग्रहण कार्यक्रममा दुईपक्षबीच झडप हुँदा घाईते भएका मूकेश चौरसियाको उपचारको क्रममा मृत्यु भएको थियो ।   


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.