सखुवा प्रसौनी गाउँपालिकाको वडा नं २ श्रीपुर पचगावामा निशुल्क नेत्र शिविर सम्पन्न भएको छ । शिविरमा १ सय ३१ जनाको नेत्र परिक्षण भएकोमा ५१ जनामा मोतिबिन्दुको समस्या देखिएको माट्रिका आइ फाउण्डेशनका कोअर्डिनेटर महेश सिंह धामीले जानकारी दिनुभयो ।
मेतिबिन्दुको समस्या देखिएका ब्यक्तिहरुको माट्रिका आइ फाण्डेशनमा अप्रेशन गरिने समेत उहाँले बताउनु भयो ।
यस अघि हिजो पनि फाउण्डेशनले पर्सागढी नगरपालिकाको बढनीहारमा निशुल्क नेत्र शिविर संचालन गरेको थियो ।
शिविरको आयोजनामा बीरगंज महानगरपालिकाका प्रमुख बिजय सरावगीको महत्पूर्ण सहयोग रहेको फाउण्डेशनका संयोजक धामीले बताउनु भयो ।
शिविरमा महानगर प्रमुख बिजय कुमार सरावगी जसपाका केन्द्रीय सदस्य पूर्वमंत्री मोहनलाल चौधरी बीरगंज महानगरका प्रवक्ता वडा नम्बर १९का अध्यक्ष संतोष तिवारीको पनि उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया