logo

कुहडीम निशुल्क नेत्र शिविर,६० जनामा मोतिबिन्दु पहिचान,शल्यक्रिया निशुल्क हुने

 इसीमाना सम्वाददाता     २०८१ सावन २४ गते ०९: ४९ मा प्रकाशित     170   पटक पढिएको

वीरगञ्ज । राष्ट्रिय दलित पत्रकार संघ, पर्साको आयोजनामा वीरगञ्ज महानगरपालिका वडा नम्बर २७ कुहडी टोलमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ।

वीरगञ्ज सामुदायिक आँखा केन्द्रको सहयोगमा शिविर सम्पन्न भएको थियो । शिविरको अध्यक्षता भने संघका अध्यक्ष श्याम पासवानले गरेका थिए।

शिविरको उद्घाटन वडा अध्यक्ष हृदयनारायण कुर्मीले पहिलो सेवाग्राहीको रुपमा आफ्नै आँखा जाँच गराएर गरेका थिए। शिविरमा १ सय ५३ जनाको आँखा जाँच गरिएको थियो, जसमध्ये ६० जनामा मोतियाबिन्दुको समस्या फेला परेको थियो।

अस्पतालका मेडिकल संयोजक महेश सिंह धामीका अनुसार मोतियाबिन्दुको समस्या देखिएका बिरामीहरुको लागि आगामी आइतबार निःशुल्क शल्यक्रिया गरिनेछ।


शिविरमा नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष बालगोपाल थापा, राष्ट्रिय दलित पत्रकार संघका सल्लाहकारद्वय बृजलाल पासवान र सुबास राम, दलित अगुवा प्रभु पासवान, शंकर कर्ण, दलित अभियान्ता लिला राम, स्थानीय अगुवा तथा सामुदायिक प्रहरीहरुको पनि उपस्थिति रहेको थियो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

बैशाख १ गतेदेखी कलैयाको बसपार्क ब्यवस्थित रुपमा संचालनमा ल्याइने

कलैया  । कलैया उपमहानगरपालिकाले वडा नं.४ मा रहेको बसपार्क व्यवस्थित तरिकाले संचालन गर्ने भएको छ।

ड्राइपोर्ट बगही जोड्ने सडकमा कल्भर्ट निर्माण सुरु

वीरगंज । वीरगंजको ड्राइपोर्टदेखि बगही जोड्ने सडकमा कल्भर्ट निर्माणको काम सुरु भएको छ ।

खेलकुद

कर्णालीमा हुने दसौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक

काठमाडौँ । कर्णाली प्रदेशमा हुने दसौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट मंगलवार सार्वजनिक गरिएको छ ।

वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगीताको फाईनलमा  मच्छिन्द्र र नेपाल पुलिस भिड्ने

वीरगञ्ज । मच्छिन्द्र क्लब, वीरगञ्जमा जारी दोश्रो वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगीताको फाईनलमा प्रवेश गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.