logo

२९ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा शिविर सम्पन्न,व्हिल चेयर वितरण

      12/3/2020 गते 00 00 मा प्रकाशित     537   पटक पढिएको

पर्साको सखुवा प्रसौनी गाउँपालिकामा बिहिबारदेखी २ दिने स्वास्थ्य परिक्षण शिविर सुरु भएको छ ।


२९ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा अपाङ्गता भएको व्यक्तिहरुको लागि महुवन स्वास्थ्य चौकीमा सुरु भएको शिविरको पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तमाङले उद्घाटन गर्नु भयो ।

शिविरको प्रथम दिन ७२ जना अपाङ्ता भएका व्यक्तिहरुले स्वास्थ्य परिक्षण गराएको गाउँपालिका  अध्यक्ष प्दीय जैसवालले बताउनु भयो ।

 

 शिविर उद्घाटन समारोहमा नेपाल प्रहरीका प्रहरी उपरिक्षक गंगा पन्त, सशस्त्र प्रहरीका प्रहरी उपरिक्षक राजेन्द्र खड्का, प्रमुख प्रशासकिय अधिकृत संदेश कुमार यादव लगायतकाले मन्तव्य ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रमको संचालन गाउँपालिका स्वास्थ्य संयोजक राजेश रौनियारले गर्नु भएको थियो  । 

सखुवा प्रसौनी गाउँ कार्यपालिकाको कार्यालयको आयोजनामा संचालित शिविरमा डा. आकाश मिश्र र डा. राजन पुरीले स्वास्थ्य परिक्षण गरिरहेका छन् । 


यसैबिच २९ औं अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा बीरगन्ज महानगरपालिकाले अपाङता भएकाहरुलाई एक कार्यक्रमकाबीच व्हिल चेयर वितरण गरेको छ । महानगरको कार्यालयमा आयोजित कार्यक्रममा १० जना अपाङहरुलाई व्हिल चेयर वितरण गरिएको हो ।

 

नगरप्रमुख बिजय कुमार सरावगीको प्रमुख अतिथ्यमा सम्पन्न भएको कार्यक्रम उप प्रमुख शान्ति कार्की अध्यक्षतामा भएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

समाज

दुर्घटनामा परि पर्सा र मकवानपुरमा गरि दुईको ज्यान गयो

वीरगञ्ज । बीरगंजमा बिहिवार विहान मोटरसाइकल एक आपसमा ठोकिदा १ जनाको मृत्यु भएको छ ।

बुहारी बलात्कार गर्ने ४१ वर्षिय ससुरा पक्राउ

गोरखा । गोरखामा एक जना ४१ वर्षिय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई आफ्नै बुहारीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिए ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.