logo

थिङको जीवनरक्षाकालागि सामुदायीक पहल, नमुना बन्दै ठोरीको सामाज

      12/4/2020 गते 00 00 मा प्रकाशित     824   पटक पढिएको

जिल्ला समन्वय समिति पर्साका उपसभापति ठाकुर प्रसाद न्यौपानेले मृगौला पीडित बिर बहादुर थिङको जीवन रक्षाका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।

 

उहाँले पर्साका सबै पालिकाहरुमा  सहयोगका लागि आग्रह गरिने बताउनु भयो । उहाँले  थिङ्कको जीवन रक्षाको अभियान आफ्नो दायित्व भएको समेत उल्लेख गर्नु भयो।

 

यसैगरी कार्यक्रममा मन्तव्य राख्दै साविक निर्मलवस्ती गाविसका पुर्व अध्यक्ष लाल बहादुर श्रेष्ठले परिवारले नै माया मारेको थिङ्कको जीवन रक्षाको जिम्मा आफुहरुको भएको बताउँनु भयो । उहाँले  थिङ् बचाऊ अभियानमा संलग्न सबै युवाहरुले साथ दिए जसरी पनि थिङ्को मृगौला प्रत्यारोपण गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नु भयो।

 

 थिङ आफ्नो समकालीन मित्र भएको स्मरण गर्दै उनको जीवन रक्षाका लागि आफु पनि लागिपर्ने बाचा गर्नु भयो ।  ठोरी ३ का वडाध्यक्ष सुर्य बहादुर लामाले बिर बहादुर थिङ्को जीवन रक्षाका लागि सहयोग गर्नुहुने सबै सहयोगी दाताहरुलाई आभार व्यक्त गर्नु भयो ।

 

  कार्यक्रममा नेकपा ठोरीका अध्यक्ष खगेन्द्र श्रेष्ठले थिङ्कको जीवन रक्षाका लागि सामुदायिक रेडियोले खेलेको भुमिकाको प्रशंसा गर्दै ठोरीबासीको जीवन रक्षाको दायित्व सबैको भएको धारणा व्यक्त गर्नु भयो। कार्यक्रममा समाजसेवी निमा साङ्गे लामा , राजेश लामा , नर्बु लामा , भिष्मराज घिमिरे लगायतले मन्तव्य राख्दै बिर बहादुर थिङ्कको व्यक्तित्वको प्रशंसा गर्दै जसरी पनि मृगौला प्रत्यारोपण गरेर जीवन रक्षा गर्नैपर्ने विचार व्यक्त गरे।

 


 कार्यक्रममा बीर बहादुर थिङ बचाऊ अभियानका सदस्यहरु , रेडियो बिजयबस्तीका प्रतिनिधिहरु हेम चापागाईं, माधव तिमिल्सिना, सनम श्रेष्ठ एवं स्थानीय सामाजिक अगुवाहरु लगायत स्थानीयबासीको उपस्थिति थियो।

थिङको उपचारकोलागि  आज एकैदिन ४ लाख ५३ हजार ९ सय आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।
तामाङ सोसाइटी अफ नर्थ अमेरिकाका अध्यक्ष  लक्यान लामाको संयोजनमा संकलित  २ लाख १२ हजार ८ सय ,  एन.आर.एन. जापान कान्तो क्षेत्रीय संयोजक राकेश लामाको संयोजनमा संकलीत २ लाख १४ हजार ६ सय गरि जम्मा ४ लाख २७ हजार ६ सय पीडित थिङको घरमै पुगेर सहयोगी लक्यान लामा र राकेश लामाको परिवारको हातबाट आज हस्तान्तरण गरिएको हो । 


सहयोग हस्तान्तरण कार्यक्रममा उपस्थित ठोरीका विभिन्न संघसंस्था तथा ब्याक्तित्वहरु बाट पनि २६ हजार ५ सय संकलन गरि पीडित परिवारलाई आजै हस्तान्तरण गरिएको छ । 


सहयोग हस्तान्तरण कार्यक्रममा आज उपस्थित साबिक निर्मलबस्ती गाबिसका पुर्व अध्यक्ष लाल बहादुर श्रेष्ठबाट ५ हजार, सृजनशील युवा क्लब ठोरी ४, बिशालचोकका अध्यक्ष भिष्मराज घिमिरे ५ हजार,, ठोरी गापाकी बोर्ड सदस्य बित्तमाया बिकद्वारा ५ हजार,  नेकपा ठोरीका अध्यक्ष खगेन्द्र श्रेष्ठद्वारा २ हजार,, बिजयबस्तीका दिल बहादुर श्रेष्ठबाट २ हजार , बिजयबस्तीका जयराम श्रेष्ठबाट २ हजार,, ब्रम्हनगरका राजेश लामाबाट २ हजार, बिजयबस्तीका अर्जुन श्रेष्ठद्वारा १ हजार बिशाल चोकका खडग श्रेष्ठबाट १ हजार , ब्रम्हनगरका निल प्रसाद पौडेलबाट १ हजार ५ सय गरि  गरि जम्मा २६ हजार ५ सय संकलन भएको हो ।

 

यो संगै हालसम्म बिर बहादुर थिङ्को मृगौला प्रत्यारोपणका लागि अभियानले रु ९ लाख ३४ हजार भन्दा धेरै रकम संकलन गरेको छ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

समाज

सम्बैधानिक इजलाशको आदेश पछि माओवादी केन्द्रका नेता सापकोटा र दोङ बिरुद्ध अनुसन्धानको बाटो खुला

काठमाडौं । पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध काभ्रेका अर्जुन लामाको अपहरण र हत्या प्रकरणमा अनुसन्धान गर्न प्रहरीलाई बाटो खुलेको छ ।

प्रदेशमा जसपा, संघमा बिपक्षीको अवरोधका कारण प्रदेशसभा र प्रतिनिधि सभाको बैठक स्थगीत

जनकपुरधाम  ।  जनता समाजवादी पार्टी, नेपालले मधेश प्रदेशसभा बैठकमा अवरोध गरेपछि बैठक स्थगित भएको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.