logo

थिङको जीवनरक्षाकालागि सामुदायीक पहल, नमुना बन्दै ठोरीको सामाज

      12/4/2020 गते 00 00 मा प्रकाशित     1105   पटक पढिएको

जिल्ला समन्वय समिति पर्साका उपसभापति ठाकुर प्रसाद न्यौपानेले मृगौला पीडित बिर बहादुर थिङको जीवन रक्षाका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।

 

उहाँले पर्साका सबै पालिकाहरुमा  सहयोगका लागि आग्रह गरिने बताउनु भयो । उहाँले  थिङ्कको जीवन रक्षाको अभियान आफ्नो दायित्व भएको समेत उल्लेख गर्नु भयो।

 

यसैगरी कार्यक्रममा मन्तव्य राख्दै साविक निर्मलवस्ती गाविसका पुर्व अध्यक्ष लाल बहादुर श्रेष्ठले परिवारले नै माया मारेको थिङ्कको जीवन रक्षाको जिम्मा आफुहरुको भएको बताउँनु भयो । उहाँले  थिङ् बचाऊ अभियानमा संलग्न सबै युवाहरुले साथ दिए जसरी पनि थिङ्को मृगौला प्रत्यारोपण गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नु भयो।

 

 थिङ आफ्नो समकालीन मित्र भएको स्मरण गर्दै उनको जीवन रक्षाका लागि आफु पनि लागिपर्ने बाचा गर्नु भयो ।  ठोरी ३ का वडाध्यक्ष सुर्य बहादुर लामाले बिर बहादुर थिङ्को जीवन रक्षाका लागि सहयोग गर्नुहुने सबै सहयोगी दाताहरुलाई आभार व्यक्त गर्नु भयो ।

 

  कार्यक्रममा नेकपा ठोरीका अध्यक्ष खगेन्द्र श्रेष्ठले थिङ्कको जीवन रक्षाका लागि सामुदायिक रेडियोले खेलेको भुमिकाको प्रशंसा गर्दै ठोरीबासीको जीवन रक्षाको दायित्व सबैको भएको धारणा व्यक्त गर्नु भयो। कार्यक्रममा समाजसेवी निमा साङ्गे लामा , राजेश लामा , नर्बु लामा , भिष्मराज घिमिरे लगायतले मन्तव्य राख्दै बिर बहादुर थिङ्कको व्यक्तित्वको प्रशंसा गर्दै जसरी पनि मृगौला प्रत्यारोपण गरेर जीवन रक्षा गर्नैपर्ने विचार व्यक्त गरे।

 


 कार्यक्रममा बीर बहादुर थिङ बचाऊ अभियानका सदस्यहरु , रेडियो बिजयबस्तीका प्रतिनिधिहरु हेम चापागाईं, माधव तिमिल्सिना, सनम श्रेष्ठ एवं स्थानीय सामाजिक अगुवाहरु लगायत स्थानीयबासीको उपस्थिति थियो।

थिङको उपचारकोलागि  आज एकैदिन ४ लाख ५३ हजार ९ सय आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।
तामाङ सोसाइटी अफ नर्थ अमेरिकाका अध्यक्ष  लक्यान लामाको संयोजनमा संकलित  २ लाख १२ हजार ८ सय ,  एन.आर.एन. जापान कान्तो क्षेत्रीय संयोजक राकेश लामाको संयोजनमा संकलीत २ लाख १४ हजार ६ सय गरि जम्मा ४ लाख २७ हजार ६ सय पीडित थिङको घरमै पुगेर सहयोगी लक्यान लामा र राकेश लामाको परिवारको हातबाट आज हस्तान्तरण गरिएको हो । 


सहयोग हस्तान्तरण कार्यक्रममा उपस्थित ठोरीका विभिन्न संघसंस्था तथा ब्याक्तित्वहरु बाट पनि २६ हजार ५ सय संकलन गरि पीडित परिवारलाई आजै हस्तान्तरण गरिएको छ । 


सहयोग हस्तान्तरण कार्यक्रममा आज उपस्थित साबिक निर्मलबस्ती गाबिसका पुर्व अध्यक्ष लाल बहादुर श्रेष्ठबाट ५ हजार, सृजनशील युवा क्लब ठोरी ४, बिशालचोकका अध्यक्ष भिष्मराज घिमिरे ५ हजार,, ठोरी गापाकी बोर्ड सदस्य बित्तमाया बिकद्वारा ५ हजार,  नेकपा ठोरीका अध्यक्ष खगेन्द्र श्रेष्ठद्वारा २ हजार,, बिजयबस्तीका दिल बहादुर श्रेष्ठबाट २ हजार , बिजयबस्तीका जयराम श्रेष्ठबाट २ हजार,, ब्रम्हनगरका राजेश लामाबाट २ हजार, बिजयबस्तीका अर्जुन श्रेष्ठद्वारा १ हजार बिशाल चोकका खडग श्रेष्ठबाट १ हजार , ब्रम्हनगरका निल प्रसाद पौडेलबाट १ हजार ५ सय गरि  गरि जम्मा २६ हजार ५ सय संकलन भएको हो ।

 

यो संगै हालसम्म बिर बहादुर थिङ्को मृगौला प्रत्यारोपणका लागि अभियानले रु ९ लाख ३४ हजार भन्दा धेरै रकम संकलन गरेको छ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.